कोरोना भाइरसको प्रभावःहिमालय एयरलाइन्सले स्थगित गर्‍यो साउदी उडान

कोरोना भाइरसको प्रभावःहिमालय एयरलाइन्सले स्थगित गर्‍यो साउदी उडान

चैत २, काठमाडौं । नेपालबाट अन्तरराष्ट्रिय उडान गर्ने निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले साउदी अरब गन्तव्यको उडान स्थगन गरेको छ ।         

 कम्पनीले आइतवार जरुरी सूचना निकालेर मार्च १५ देखि मार्च २८, २०२० सम्मका लागि काठमाडौं–दमामा–काठमाडौं उडान स्थगन गरेको बताएको हो । कोभिड–१९ को प्रकोप फैलिन नदिन साउदी सरकारले मार्च १५ देखि दुई साताका लागि अस्थायी प्रतिबन्ध लगाएकाले उडान रोक्नुपरेको कम्पनीले उल्लेख गरेको छ ।           

उडानका लागि टिकट लिइसकेका यात्रुले अतिरिक्त शुल्कबिना, यात्राको मिति परिवर्तन गर्ने आफ्नो ट्राभल अथवा बुकिङ एजेन्टसँग सम्पर्क राख्न पनि अनुरोध गरेको छ ।  

कम्पनीले यसअघि चीनका पाँच ओटै  गन्तव्यको उडान स्थगन गरिसकेको छ भने गत फागुन २७ देखि लागू हुनेगरी कतारको दोहा गन्तव्यको उडान रोक्ने निर्णय गरेको थियो । 

कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएकाले अर्को सूचना जारी नभएसम्मका लागि हाललाई दोहा उडान रोकिएको कम्पनीले सूचनामा उल्लेख गरेको छ ।    

त्यस्तै राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पनि फागुन २७ देखि लागू हुनेगरी कतारको दोहामा गर्दै आएको नियमित उडान अर्को निर्णय नभएसम्म हाललाई स्थगन गरेको विज्ञप्तिमार्फत बताएको थियो ।  रासस

प्रतिकृया दिनुहोस

कोरोना भाइरसको प्रभावःहिमालय एयरलाइन्सले

वायु सेवा निगमको अन्तराष्ट्रिय उडान

ध्वजावाहक विमान जापान पुग्दा खुशी

प्याराग्लाइडिङ वर्ल्ड कप पोखरामा

भ्रमण वर्ष–२०२० लक्षित पदयात्रा कार्यक्रम

कागेश्वरी महामेलाको तयारी पूरा,

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला