काठमाडौं । नेपाल वायुसेवा निगमले कोरोनाभाइरसको प्रभाव वढ्दै गएको कारण उडान अन्तराष्ट्रिय तालिका संशोधन गरेको छ । यात्रु संख्यामा आएको कमी आएका कारण निगमले उडान तालिका फेर्नुका साथै कटौती गर्नु परेको बताएको छ ।
निगमले दैनिक दुई ओटा उडान गर्दै आएको काठमाडौं दिल्ली काठमाडौं उडान २ चैतदेखि एउटा मात्रै गर्ने भएको छ । निगमले बेलुकाको दिल्ली उडान नगर्ने र बिहानको उडान मात्रै गर्ने प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ ।
निगमले हरेक शुक्रबारको मुम्बइमा गर्दै आएका उडान भने २ चैत्रदेखि एक महिनालाई स्थगित गर्ने निर्णय गरेको छ ।
बैंगलौरको नियमित उडान भने ६ चैत्र र १८ चैत्रको उडान रद्द भएको छ । त्यस्तै बैंककको १२ चैत्रको उडान रद्द गरिएको छ भने हङकङको पनि ६ चैत्र र १३ चैत्रको उडान रद्द गरिएको निगमले जानकारी दिएको छ ।
निगमको काठमाडौं दोहा उडान भने यही २७ फागुनदेखि सूचना नभएसम्मका लागि स्थगित भइसकेको छ । निगमका अनुसार यी उडानका टिकट खरीद गरेका यात्रुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै फिर्ता दिने छ ।
उडानको मिति एक पटक परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्थापनि गरेको निगमले जानकारी दिएको छ ।
प्रकाशित ३0 फाल्गुण २0७६ , शुक्रबार | 2020-03-13 11:31:21
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार