मुना परियोजनासँग काठमाडौं विश्वविद्यालय (कुसुम) को सहकार्य

काठमाडौं । गैरआवासीय आवासीय नेपाली संघद्दारा सञ्चालित मुना परियोजनासंग काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसुम) ले सहकार्य सुरु गरेको छ । प्रदेश ३ मुना  कृषि बजारको जिल्लास्तरीय स्थलगत सम्भाव्यता अध्ययनका निम्ति कुसुमले सहकार्य गरेको हो । 

कृषि बजारको जिल्लास्तरीय स्थलगत सम्भाव्यता अध्ययनका निम्ति सहभागी हुने कुसुमका प्राध्यापक तथा विद्यार्थी हरुका लागी अभिमुखीकरण कार्यक्रम काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट(कुसुम)को सभा हलमा सम्पन्न गरेर कुसुमले मुना परियोजनासँगको सहकार्य सुरु गरेको हो ।

नेपालको निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिक ,व्यवसायीक एवंम प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रुपान्तरण गरी दिगो विकासको माध्यमबाट किसानको जीवनस्तरमा सुधार ल्याउने परियोजनाको मुख्य लक्ष्य रहेको बताइएको छ । 

"परियोजना मार्फत नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सहयोग गर्ने र कृषि समुह तथा सहकारी मार्फत कृषकहरु सम्म पुगेर सहयोगी भुमिका निर्बाह गर्नका लागी एनआरएन समुदायले प्रबासमा देखेका,जानेका र संभावना भएका कृषि अवधारणाहरुलाई काठमाडौं विश्वविद्यालय र कृषिमन्त्रालय प्रदेश ३ संगको सहकार्य मार्फत मुना कृषि बजारको अवधारणा अघि सारिएको मुना कार्यदलका संयोजक युवराज गुरुङले बताए । "

प्रदेश ३ का भूमि व्यवस्था,कृषि एवम् सहकारी मन्त्री दावा दोर्जे लामा को प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रममा प्रदेश ३ का भूमि व्यवस्था , कृषि एवम् सहकारी सचिव डा। योगेन्द्र कार्की को सभापतित्व रहेको थियो ।

‘ कार्यक्रममा कुसुमका डिन प्रा . डा. बिजय के सी ले कार्यक्रममा स्वागत मन्तव्य एवम् कार्यक्रम माथि प्रकाश पारेका थिए" भने कुसुमका एसोसियट डिन प्रा.डा.बिनोद कृष्ण श्रेष्ठसहित  यस कार्यक्रममा कृषि क्षेत्रका थुप्रै विज्ञहरुको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै प्रा. डा. अच्यूत वाग्ले यो कार्यक्रम हामी सबैको लागी नयाँ हो,सबैको सहकार्यले यस मुना कृषि बजार लाई अघि बढाउनको लागी आग्रह गरेका थिए । त्यस्तै भूमि व्यवस्था , कृषि एवम् सहकारी मन्त्री माननीय दावा दोर्जे लामाले मुनाको यो काम उदाहरणीय हुने  भन्दै अरु प्रदेशले पनि यस्ता कार्यको अनुसरण गर्नुपर्ने बताए ।

यो कर्पोरेट रुपमा काम सुरु गरेपनि सरकारको समेत यसमा लगानी रहेको छ त्यसैले किसानको हकहित र रक्षाका लागी मुना परियोजना कटिबद्ध  रहने जानकारी दिए ।"

" त्यसैगरी मुना कार्यदलका संयोजक युवराज गुरुङल ले किसानको शसक्तिकरण कटिबद्धता रहनेछ । कृषि एवम् सहकारी मन्त्रालयका सचिव डा। योगेन्द्र कार्कीले मुना कृषि दलले अघि सारेको यो योजनामा आफ्नो पूर्णरुपमा सहयोग रहने बताएका छन। " "कृषि उपजलाई आफ्नै बजार मार्फत स्वच्छ , स्वस्थ र गुणस्तर रुपमा उपभोक्ता सम्म पुप्याउने , देशलाई कृषिमा आत्मनिर्भर गराउने जस्ता विविध उदेश्यहरु कुसुम कृषि बजारको रहेको मुना कार्यदलका संयोजक युवराज गुरुङले जानकारी दिए ।"

 

प्रतिकृया दिनुहोस

मुना परियोजनासँग काठमाडौं विश्वविद्यालय

दराजको तयारी नेपालको सबैभन्दा ठूलो

‘फेसएप’को मजा कत्तिको घातक ?

बन्द हुने पालो ‘टिक टक’ को

सकारात्मक सोचको प्रभाव सम्बन्धित

फेसबुकले दुःख दियो के गर्ने ?

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला