संसार कै सबैभन्दा ठूलो सेल, अलिबाबा को ११.११ सेल नजिकिदै छ । पहिले चीनमा मात्र सिमित उक्त सेल अहिले संसार भरि एउटा मनोरन्जनात्मक सेल डे को रुपमा चिनिन गएको छ । यो सेल अहिले अलिबाबा संग सम्बधित देशहरु तथा दराजले व्यापार गर्ने नेपाल लगायत अन्य देशहरुमा पनि हरेक वर्ष नोभेम्बर ११ को दिनहुने गर्दछ।अलिबाबाद्वारा अधिग्रहण गरिएपछि दराजले सन् २०१८ को नोभेम्बर ११ अर्थात २०७५ कार्तिक २५ गते नेपालमा ११.११ आयोजित गरेको थियो । उक्त दिनमा दराजले साधारण दिनभन्दा ८० गुना बढि व्यापार देखेको थियो साथै २ लाखभन्दा बडि उपभोक्ताहरु, १००० भन्दा बढी बिक्रेता तथा ब्रान्डहरु एकै दिन दराज एपमा जम्मा भएका थिए ।त्यो सच्चिनै नेपालको सबैभन्दा ठूलो अनलाइन किनमेल उत्सव हुनपुगेको थियो । नेपालमै पहिलो पटक विद्युतीय भुक्तानी सेवा को सुरुवात गरेर दराजले यसपाली को ११.११ सेललाई अझै ठूलो बनाउने भएको छ । यस एक दिने महाअभियानको बारेमा दराज नेपालका प्रबन्धनिर्देशक लिनो अलरिंग भन्नुहुन्छ, “पूर्व साल को सफलता तथा परिणामहरू बाट सिक्दै यसपाली हामी उपभोक्ताहरुलाई झनै राम्रो र सच्चिनै रमाइलो एक दिन को सेल को अनुभूति दिन चाहानछौं ।हामी उपभोक्ताहरुलाई सबैभन्दा राम्रो सेवा प्रधान गर्न अझै बढी जनशक्ति तथा सामानहरु थपेका छौं । इन–एप गेमहरु, मेगाभौचरहरु, उपहारहरु, र खास छूटहरु तथा सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण हुने रमाइलो भिडियोहरुले गर्दा यो यस वर्ष कै ठूलो हाइलाइट हुने अनुमान छ।”
यस साल को ११.११ अभियानमा दराज सँग ३००० हजार भन्दा बढी बिक्रेतागरि ३ लाखभन्दा बढी सामानहरु तथा ४ लाखभन्दा बढी प्रयोगकर्ताहरूको सहभागिता हुने अनुमान छ। त्यस दिनमा मात्र हुने १लाख अपेक्षित अर्डरहरु को लागि तयारि गर्न दराजले ४०० थप डेक्स हेरोहरु (दिलिभरी राइडर) तथा ५० जना थप कस्टमर केर अगेंटहरु थपेको छ । साथै दराजले नेपाल भरिका दराजहबहरुमा कलेक्शन पोइन्ट सेवा सुरु गरेको छ जसले उपभोक्ताहरुको समय र पैसा बचाउनेछ । उपभोक्ताहरुले आफुले पहिले पैसा तिरिसकेको समानहरु आफुलाई सजिलो पर्ने समयमा आफू नजिकैको दराजहबबाट लिन सक्छनेछन् जसले गर्दा वितरण फी तिर्नु पर्दैन । यसका साथ साथै सामानको गुण्स्तर चेक गर्न दराजमा आझै धेरै फिचरहरु पनि थपिएका छन् जस्तो कि इमेज रिव्यू र सेलर सँग प्रतक्ष च्याटगर्न मिल्ने सेवा। यीफिचरहरुले उपभोक्ताहरुलाई सठिक सामान छान्न निक्कै सहयोग पुग्नेछ । साथै मशिनलर्निङ्ग अथवा आर्टीपÞmीशीयल इन्टेलिगेंस मार्फत दराजले उपभोक्ताहरुलाई आफूले खोजेको जस्तो समानखोज्न सहयोग त पुराइ रहेको नै छ । यस वर्ष को ११.११ एक दिनको सेल अहिले सम्म कै सबै भन्दा ठूलो र उत्कृष्ट हुने अनुमान रहेको छ ।
प्रकाशित १९ कार्त्तिक २0७६ , मङ्गलबार | 2019-11-05 11:32:16
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार