अभिषेक सापकोटा / सामाजिक सञ्जाल आजभोलि सबैको दिनचर्या बनेको छ । फेसबुक, ट्वीटर, इन्साट्राग्राम प्रविधिका अभिन्न अंग बनेका छन् । तिनै सञ्जालमा नयाँ–नयाँ एप्स ल्याएर पश्चिमा प्रविधि कम्पनीले नाम र दाम मात्र कमाइरहेको छैन गोप्य सूचना समेत सुरक्षित गर्दै आएका छन् । पछिल्लो समय सूचना बजारमा त्यस्तै ‘फेसएप’ भाइरल छ ।
जसले तपाईको बुढ्यौली नाप्दैछ । जवानमै बुढ्यौली बनाउने देखि केटालाई केटी र केटीलाई केटा समेत बनाउने फेसएपका प्रयोगकर्ता १० करोड नाघि सकेका छन् । एपबाट आर्टिफिसिएल इन्टिलिजेन्समार्फत फरकफरक हेयर स्टाइल मात्र होइन बिभिन्न फोटो बनाउन पनि मिल्छ ।
के हो फेसएप ?
फेसएप रूसी कम्पनीद्वारा निर्माण गरिएको मोवाइल एण्ड्रोइड वा आइओएसमा चल्ने अनु प्रयोग हो। सन् २०१७ मा पहिलो पटक रुसी निर्माताले ‘फेसएप’ सार्वजनिक गरेका थिए । तर,पछिल्लो समयमात्र यो भाइरल भएको छ ।
लगातार १० दिनको सर्वाधिक उपयोग पश्चात्, फेसएपले १० लाख अमेरिकी डलर भन्दा बढी कमाई गरेको थियो। यो अनुप्रयोग ७३।२ मिलियन पटक डाउनलोड गरिएको सर्वाधिक लोकप्रिय अनुप्रयोग पनि हो।
फेसएपका चुनौती
संसारमै भाइरल भएको फेसएपको फेसएप च्यालेन्ज, फेसएपबाट फोटो फोन ग्यालरीमा सेभ नभइ उसकै सर्भरमा सेभ हुने गर्दछ । जुन गोपनियताका दृष्टिले सम्वेदनशील मानिन्छ । उसको सर्भरमा रहेका फोटो कम्पनीले तेस्रो पार्टीलाई उपयोगका लागि दिन सक्छ । त्यतिमात्र नभएर उसले सेलीब्रेटीहरूका तस्वीरहरूको दुरुपयोग गर्ने खतरा पनि उत्तिकै रहेको आइटी विज्ञले बताएका छन् ।
त्यसो त कम्पनीले तेस्रो पक्षलाई सूचना नदिने स्पष्ट पारिसकेको छ । एपबाट आर्टिफिसिएल इन्टिलिजेन्समार्फत फरकफरक हेयर स्टाइल मात्र होइन बिभिन्न फोटो बनाउन पनि मिल्छ । ऐजेन्सीको सहयोगमा
प्रकाशित ९ साउन २0७६ , बिहिबार | 2019-07-25 08:37:49
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार