एजेन्सी/इन्टरनेट प्रविधिको विकासले सूचना आदान–प्रदानमा निकै सहज भएको छ । अहिले विश्व एउटा गाँउमा रुपान्तरित भएको छ । यो प्रविधि विकासको सकारात्मक पाटो भयो । तर,सामाजिक सञ्जालमा लोकप्रिय बनेका कतिपय एप्सले सामाजिक मूल्यमान्यता तहसनहसमात्र होइन अपराधजन्य गतिविधि वढाइरहेको पाइएको छ ।
बालबालिका मोबाइल कुलतमा फसेको भन्दै पवजी एप्स भारत, नेपाल लगायत देशमा बन्द गरिएको छ । अब पालो स्मार्टफोन प्रयोगकर्तामाझ निकै लोकप्रिय र ‘कुलत’को कारण बनिरहेको मोबाइल एप्लीकेशन ‘टिक टक’को छ ।
भारतको मद्रास उच्च अदालतले अदालतले यो ऐप्स प्रतिबन्ध लगाउन सरकारका नाममा आदेश जारी गरेको छ । अदालतले मनोरञ्न मोबाइल एप ‘टिक टक’माथि प्रतिबन्ध लगाउन केन्द्र सरकारका नाममा आदेश जारी गरेको छ ।
मद्रास उच्च अदालतले इन्डोनेसिया र बंगलादेशको सरकारले उक्त एपमा प्रतिबन्ध लगाइसकेको र अमेरिकाले समेत बालबालिकाहरुलाई अनलाइन सामग्रीबाट बचाउनका लागि नयाँ नियम जारी गरिसकेको अवस्थामा भारत सरकारले पनि उपयुक्त कदम चाल्नुपर्ने आदेशमा उल्लेख गरेको छ ।
अदालतले टिक टकजस्ता मोबाइल एपमा पोर्न सामग्री उपलब्ध भएको उल्लेख गर्दै यस्ता सामग्रीबाट बालबालिकाहरुमा नराम्रो असर परिरहेको पनि उल्लेख गरेको छ ।
चाइना मेड यो एपका भारतमा मात्रै ११ करोड ४४ लाख प्रयोगकर्ता रहेको इन्डियन एक्सप्रेसले आफ्नो समाचारमा लेखेको छ ।
प्रकाशित ३0 चैत्र २0७५ , शनिबार | 2019-04-13 03:21:22
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार