यो प्रयोगमा तीन वटा प्लास्टिकका टिफिन बक्समा पाकेको भात राखियो । वैज्ञानिकले सधैँ ती भातको बक्स अनुगमन गर्न प्रयोगशाला जान्थे I सो बक्सलाई एक, एक गरी हेर्दा बक्समा लेखेको शब्दहरु अनुसार भाव प्रकट गर्थे ।
पहिलो टिफिन बक्सको बाहिर पट्टि सकारात्मक सन्देशहरू लेखियो । जस्तै: ‘जीवन सुन्दर छ’, ‘म सक्छु’, ‘म स्वस्थ छु’, ‘म सबैलाई माया गर्छु’ ।
दोस्रो टिफिन बक्सको बाहिर पट्टि नकारात्मक सन्देशहरू लेखियो । जस्तै: ‘जीवनमा दिक्क लाग्दो छ’, ‘मलाई रिस उठ्यो’, ‘मलाई धोका दिएँ’, ‘मलाई घृणा गर्छन्’ ।
तेस्रो टिफिन बक्सको बाहिर पट्टि मिश्रित सन्देशहरू लेखियो I जस्तै: जीवन सुन्दर छ’, ‘म सबैलाई माया गर्छु’ ‘मलाई धोका दिएँ’, ‘मलाई घृणा गर्छन्’ ।
यी टिफिन बक्स १५ दिन पछि खोलियो । परिणाम स्वरूप:- पहिलो टिफिन बक्सको भातमा अलि नराम्रो गन्ध थियो तर भात सेतो थियो । यति धेरै दिन टिफिन बक्समा राखे पनि खासै बिग्रेको हुँदैन ।
दोस्रो टिफिन बक्सको भात कालो भइसकेको छ, पुरै गलेको, धेरै गनाउने भई सकेको हुन्छ ।
तेस्रो टिफिन बक्सको भातमा केही ढुसी, केही खैरो रङ्ग र गन्ध पाईयो I दोस्रो टिफिन बक्स भन्दा केही हदले सफा तर पहिलो टिफिन बक्स भन्दा कुहिएको भात पाईयो ।
एकै भाडामा पकाएको भात, एकै समान टिफिन बक्स र १५ दिनको अवधि तर भातको वर्तमान स्थिति फरक छ ।
हामीले यो प्रयोगबाट के बुझ्न आवश्यक छ?
हाम्रो सोच, विचार, भावले हामीलाई धेरै प्रभाव पार्दछ I सकारात्मक सोच, विचार, भावले – स्वास्थ्य, आत्म-बल, प्रगति, उन्नति र समग्र जिन्दगीलाई सफल तुल्याउन सक्छ ।
(प्रयोग जापानी वैज्ञानिक मासारु एमोटोको अनुसन्धानमा आधारीत) हाम्रो कथा अनलाइनबाट
प्रकाशित २१ पुष २0७५ , शनिबार | 2019-01-05 04:59:28
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार