एजेन्सी । दुनियाँमा को सबैभन्दा खुसी छन् ? यसको यकीन जवाफ छैन् । तर,पछिल्लो एक नयाँ अध्ययनले अविवाहित महिलाहरु सबैभन्दा खुसी रहेको तथ्य फेला पारेको छ ।
शीर्ष मनोविश्लेषकहरूको नेतृत्वमा गरिएको अध्ययनले यस्तो निष्कर्ष निकालिएको हो । एक्लो जीवन बिताइरहेका, बालबच्चा नभएका महिलाहरु जसले घरेलु जिम्मेवारीको बोझ उठाइरहेका छैनन् ती विवाहित महिलाको तुलनामा अधिक स्वस्थ र लामो जीवन जीउने गरेको वेल्सस्थित प्रोफेसर डोलानले ठहर गरेका छन् ।
डोलान ‘लन्डन स्कुल अफ इकोनोमिस्क’ मा व्यवहारिक विज्ञानका शीर्ष विश्लेषक हुन् । यस्तोमा सबैभन्दा पछिल्लो डाटाले पनि ‘खुसी रहन र सुखी जीवन बिताउन विवाह र मातृत्व जस्ता सामाजिक सफलताका पारम्परिक उपाय नै अपनाउनु पर्छ भन्ने जरुरी नभएको’ संकेत गरेको उनले बताए ।
उनका अनुसार एक्लो रहनु सम्बन्धी समाजको नकारात्मक धारणाले गर्दा नै आज धेरै महिलाहरु बेखुसी छन् । उनले धेरै अभिभावकसँगको आफ्नो खुलस्त अन्तरक्रिया र विवाहबारे सामान्य अवस्थामा अध्ययन गरेपछि यस्तो तथ्य फेला पारेको बताएका हुन् । यसरी महिलाहरुमा एक्लो जीवन बिताउनुका फाइदाबारे यो पहिलोपटक उल्लेख गरिएको होइन । यसअघि पनि मनोविश्लेषकहरुले यस विषयमा प्रकाश पारिसकेका छन्।
केही समय अगाडि मात्र इतिहासविद् डाक्टर बब निकोल्सनले १८८९ को टिट–बिट्स म्यागजिनको कपी ट्वीटरमा पोस्ट गरेका थिए जुन १९ औँ शताब्दीमा एक्ला महिलाहरुले कस्तो महसुस गरिरहेका छन् भन्नेबारे रहेको थियो । यसमा ‘तपाईँ उमेर कटिसकेपछि पनि किन एक्लो हुनुहुन्छ ?’ भन्ने प्रश्न गरिएको थियो । जसको जवाफमा त्यस बेलाका थुप्रै महिलाहरुले आफू एक्लो जीवनमै धेरै रमाउने गरेको भन्ने जस्ता टिप्पणी दिएका छन् ।
प्रकाशित १ साउन २0७६ , बुधबार | 2019-07-17 11:32:53
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार