लुसियान/लुसियान स्टेट युनिभर्सिटीका भेटनरी डाक्टरहरूले अपांग कछुवाका लागि व्हील चेयर तयार पारेका छन् । यसबाट कछुवाले नयाँ जीवन पाएको छ । अब कछुवा आरामले वरपर घुमफिर गर्न सक्ने भएका छ ।
डाक्टरहरुले पेड्रो नामक अपांग कछुवाको लालनपालन गर्दा उसको एउटा खुट्टा थिएन । केही समयपछि फर्कदा उसले आफ्नो दास्रो खुट्टा पनि गुमाई सकेको थियो । पेड्रोलाई केही अवधिपछि लुसियानास्थित स्टेट युनिभर्सिटीको भेटनरी मेडिसिन सेन्टरमा लगियो ।
सुरुमा त पेड्रोलाई कस्तो खुट्टा बनाउने भन्नेमा डाक्टरहरु अन्यौलमा परे । लगत्तै डाक्टरहरूको टोलीले बालबालिकको खेलौना पाउने पसलको अवलोकन गरे । र, उनीहरूले त्यहीबाट पेड्रोका खुट्टा सिफारिस गरे । विश्वविद्यालयमा प्राणीशास्त्रका विद्यार्थीले ल्याएको त्यही खेलौना पेड्रोका लागि व्हील चियर बनाउन सहयोगी बन्यो ।
लुसियाना स्टेट यूनिभर्सिटिका भेटनरी शिक्षाका मेनेजर जिंजर गुटनरले भने, ‘हाम्रा डाक्टरले पेड्रोलाई जे गरे त्यो चिकित्सकीय रूपमा यो सही छ ।’ हाल पेड्रो अन्य कछुवाभन्दा छिटो कुद्न सक्छ । एजेन्सीको सहयोगमा
प्रकाशित ९ असाढ २0७६ , सोमवार | 2019-06-24 10:48:23
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार