उमेर पुगेका युवतीहरुको विवाह नहुँदा अभिभावक चिन्तित हुने गर्छन् । त्यो स्वभाविक पनि हो । ‘लगन जुरे’पछि विहे भइहाल्छ भन्ने प्रचलन पनि छ नेपालमा त । तर, संसारमा यस्ता देश पनि छन् जहाँ युवतीको लगन जुर्ने चान्स निकै कम छ । किन भने त्यहाँ केटाहरु पाउनै मुस्किल छ । केटाहरु पाउनै मुस्किल भएपछि केटीहरुले सामूहिक रुपमा स्थानीय सरकारसँग केटा खोजी दिन अनुरोध गरेका छन् ।
ब्राजिलको नोइभा डो कोर्डेरियो सहरका ६ सय जना अविवाहित महिलाले यस्तो माग राखेका हुन् । उनीहरु मध्ये अधिकांश ३५ वर्ष मुनिका तरुनी छन् ।
महिलाले नै भरिएको त्यो सहरमा महिलाकै बोलवाला छ । तर, भएर के गर्नु ? पुरुष नपाएर अविवाहित महिला छटपटाउन थालेका छन् । उनीहरुले हालै एक सामूहिक अपिल गरेका छन् अविवाहित केटाहरुलाई आफुसँग सम्बन्ध गाँस्न अनुरोध गरका छन् ।
ब्राजिलमा मात्र होइन रुसमा पनि हालत यस्तो समस्या छ । केटीहरुको तुलनामा केटाको संख्या निकै कम छ । त्यही कारण केटीहरु केटाको खोजीमा तड्पिने गरेका छन् । अस्ट्रेलियामा पनि पुरुषहरुको खडेरी नै पर्न लागेको त्यहाँको एक अनुसन्धानले देखाएको छ । भिक्टोरियामा १ सय जना महिलामा केवल ९८ जना मात्र पुरुष छन् । यो त्यतिसारो लैंगिक असन्तुलन त होइन तर यसले पनि दशौँ हजार पुरुषको कमी देखाउँछ । अर्थात् पुरुष भन्दा ६० हजार बढि महिला छन् भिक्टोरियामा । एजेन्सीको सहयोगमा
प्रकाशित २५ जेठ २0७६ , शनिबार | 2019-06-08 03:29:38
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार