भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको मन्त्रिमण्डलमा साइकलवाला मन्त्री बनेका छन् । भारतीय जनता पार्टीबाट टिकट पाएर लोकसभा निर्वाचनमा विजयी भएका ६४ वर्षीय प्रताप चन्द्र सारंगी मन्त्री बनेका हुन् । उनी ‘ओडिशाका मोदी’ नामले पनि चिनिन्छन् ।
राष्ट्रपति भवनमा बिहीबार सारंगीले पदको सपथ लिएका थिए । धेरैले उनको जीवनशैली प्रधानमन्त्री मोदीको भन्दा फरक नभएको टिप्पणी गर्छन् । प्रताप चंद्रलाई सूक्ष्म, लघु,मध्यम उद्यम र पशुपालन, डेरी,एवम् मत्स्यपालन राज्य मन्त्रीको जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री मोदी पनि उनलाई निकै माया गर्छन् । जब उनी ओडिसा पुग्छन् सारंगीलाई भेटने गर्छन् । सादगी जीवनका धनी उनले बीजेडीका अर्बपति उम्मेदवार रवीन्द्र कुमार जेनालाई यसपटक हराएका हुन् । उनको चुनावी शैली पनि विचित्र छ,प्रतिसप्रर्धी नेताहरू चहलपहलसाथ गाडीमा चुनावी क्याम्प गर्थे । तर,प्रताप चन्द्र अटोरिक्सामा दौडिन्थे । साइकलमा भोट माग्न जान्थे । उनी व्यवसायिक भोटिङ पोलमा भन्दा पनि कार्यकर्तामा विश्वाश गर्थे ।
कहिले जनावरको सेवामा तल्लीन हुन्थे भने उनी कहिले गुफामा ध्यानमा लीन भएको देखिन्थे । उनको सादगी जीवनशैलीका धेरै प्रशंसक छन् । चुनाव जितेपछि पनि उनको दैनिकी फेरिएको छैन् । भाजपाबाट उनले सन् २००४ र २००९ मा चुनाव जितेका थिए । तर, उनको जीवनशैली उस्तै छ । चुनावमा उम्मेदवारले करोडौं खर्च गरे तर उनको चुनावी खर्च छैन् ।
भन्छन्‘सानैदेखि जीवनशैली यस्तै थियो,सासंद भएपछि पनि बदलिएन ।’ ‘अब देश सेवा गर्ने थप अवसर प्राप्त भएको छ,त्यसलाई पूरा गर्ने सोचमा छु,’उनले भनेका छन् । निलगिरी विधानसभा सिटमा २ पटक एमएलए बनेका उनी मजबुत जनाधार भएका नेता हुन् ।
नीलगिरी नजिकै गोपीनाथपुर गाँउमा सन् १९५५ मे ४ मा एक गरिब परिवारमा जन्मेका थिए उनी । मोदी जस्तै युवा अवस्थामा उनी सन्यासी थिए । उनी रामकृष्ण मठमा सन्यासी बन्न गएका थिए तर,साधुहरूले उनलाई आमाको सेवा गर्नु भन्दै घर फर्काएका थिए ।
उनी अहिले पनि कच्ची छानो भएको घरमा बस्छन् । उनी आफ्नो जीतको श्रेय मोदीलाई नै दिन्छन् । भन्छन् ‘यहाँका जनता मोदी प्रधानमन्त्री भएको हेर्न चाहन्छन्,उनका विकास नीतिका समर्थक छन ।’ आजतकबाट अनुवाद
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार | 2019-05-31 11:52:21
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार