काठमाडौं । ‘म्याच फिक्सिङ’को आरोप लागेका राष्ट्रिय फुटबल टोलीका पूर्ब कप्तान सागर थापासहित पाँच खेलाडीले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् । सफाइ पाउनेमा थापासहित अञ्जन केसी, सन्दीप राई, रितेश थापा, विकास सिंह क्षेत्री र फिजियोथेरापिष्ट डेजिप थापा रहेका छन् ।
नेपाल प्रहरीले राष्ट्रिय टोलीबाट खेल्दा म्याच फिक्सिङ गरेको दाबीसहित विशेष अदालतमा पाँचैजना खेलाडी र फिजियोथेरापिष्टमाथि राज्य विरुद्धको अपराधमा मुद्दा चलाएको थियो । नेपालमा म्याच फिक्सिङ सम्बन्धी कानुन नहुँदा छ जनैमाथि राज्य विरुद्धको अपराधको मुद्दा चलाइएको थियो । सर्वोच्च अदालतले प्रवक्ता भद्रकाली पोखरेलले पूर्व कप्तान थापासहित पाँच जनाले सफाइ पाएको जानकारी दिएका छन् ।
प्रकाशित २ असाढ २0७७ , मङ्गलबार | 2020-06-16 01:05:29
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार