गोदावरी । २४ औं फादर मोरान स्मृति आमन्त्रण फुटबल प्रतियोगिता– २०१९ को उपाधि माया युनिभर्स एकेडमी तनहुँले जितेको छ । शहिद धर्मभक्त हाइस्कूललाई ३–१ गोलले पछि पार्दै मायाले उपाधि जितेको हो ।
शनिबार आयोजक सेन्टिजेविर्यस स्कूल (गोदावरी) को मैदान भएको खेलमा जेम्स स्कूलले १–० गोलले लिटिल एन्सल्सलाई हरायो । विजेता टिमलाई नेपाल ओलम्पिक कामिटीका सचिव दिपक हर्स बज्राचार्य,विद्यालयका सुपेरियर फादर डेभिड एका,प्रिन्सिपल फादर स्यामल सिमिक र शेर जंग गुरुङ (मोरान स्मृति कपका पायनियर)ले सिल्ड तथा प्रमाणपत्र वितरण गरेका थिए ।
२४ वर्ष अघि सेन्टिजेवियर्स स्कूलका प्रिन्सिपल फादर मोरानले प्राथमिक तहमा अध्ययन कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई लक्षित गरेर हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गरेका थिए । त्यसैको यो २४ औं श्रृङ्खला हो । यसपल्ट १६ ओटा विद्यालयले खेलमा भाग लिएका थिए ।
प्रकाशित ६ पुष २0७६ , आइतबार | 2019-12-22 09:01:07
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार