काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद(साग) को आज समापन हुदैछ । समापन समारोह एक घण्टा ३० मिनेटको हुनेछ। १५ मंसीरदेखि जारी १३औं साग २४ मंसीरमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबलको फाइनलसँगै समापन हुनेछ।
स्वर्ण पदकका लागि नेपाल र भुटानबीच दिउँसो तीन बजे पुरूष फुटबलको फाइनल खेल हुनेछ। फुटबल सकिएलगत्तै समापन समारोह शुरू हुनेछ।
समापन समारोहमा ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, सदस्यसचिव रमेशकुमार सिलवाल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार र प्रमुख अतिथि उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्नेछन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फेरेन्समार्फत् सम्बोधन गर्ने गर्नेछन ।
प्रधानमन्त्री ओलीले २५ मंसीरमा पदक विजेता खेलाडीका लागि अहिलेसम्मकै सबभन्दा ठूलो पुरस्कार रकमसहित सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।
भीआईपीतर्फ एक हजार र सर्वसाधारणतर्फ ८ हजार टिकट वितरण
रंगशालाको सिट क्षमता १५ हजार भएपनि सर्वसाधारणतर्फ ८ हजार र भीआईपीतर्फ एक हजार टिकट मात्र विक्रि गरिएको छ ।
समापन समारोहलाई थप सुरक्षा दिनको लागी भनेर ‘भीआईपीतर्फ पनि अत्यावश्यक पास मात्र वितरण गरिएको छ। भने उत्तरतर्फका सम्पूर्ण गेट बन्द गरिनेछ। भित्र प्रवेश गर्न नपाउने हरूलाई विभिन्न स्थानको ठूला स्क्रिनमा लाइभ प्रसारण गर्ने व्यवस्था समेत गरिएको छ ।
त्यस्तै सर्वधारणतर्फको दर्शकलाई नेपाली सेनाको गेटबाट प्रवेश गर्ने व्यवस्था गरिएको छ। भुटानी समर्थकका लागि छुट्टै जोनको व्यवस्थापन गरिएको छ।
समापन समारोहमा आयोजक राष्ट्र नेपालले १४ औं साग आयोजक राष्ट्र पाकिस्तानलाई झण्डा हस्तान्तरण गर्नेछ। प्रत्येक दुई वर्षको अन्तरालमा हुने प्रतियोगिताको आयोजना अब पाकिस्तानले गर्नेछ। भव्य आतासबाजीसहित १३औं संस्करणको समापन समारोह सकिनेछ।
सागको समापनकै दिन दशरथ रंगशालामा सांसद ११ र कर्मचारी ११ बीचको फुटबल हुनेछ।
प्रकाशित २४ मङ्गसिर २0७६ , मङ्गलबार | 2019-12-10 02:09:29
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार