काठमाडौं । दक्षिण एसियाली खेलकुद सागमा जुडोमा नेपालले पहिलो स्वर्ण जितेको छ । जसमा नेपालका लागि देवीका खड्काले स्वर्ण जितिन । उनले फाइनलमा श्रीलंकाका खेलाडीलाई हराउँदै स्वर्ण हात पारिन । यस्तै पुरुषमा इन्द्रबहादर श्रेष्ठले रजत हात पारे । ६६ केजी मुनीको तौल समुहमा इन्द्रले पाकिस्तानका खेलाडीलाई हराउँदै फाइनलमा पुगेका थिए । तर फाइनलमा भारतकका जसलिन सिंहसँग हार्न पुगे ।
यस्तै महिला ५७ केजी मुनीको तौल समुहमा नेपाली मनिता श्रेष्ठ प्रधानले स्वर्ण जितिन । राउण्ड रोविनमा तीन खेलमा जित निकाल्दै दोस्रो भएपछि उनले रजत जितिन । भारतकी यस्तुल समुहाले स्वर्ण जितिन ।
यस्तै महिला तर्फकै ६३ केजी मूनीको तौल समुहमा नेपालकी निर्मला घर्तिमगरले रजत जितिन । यस्तै महिला ७३ केजी मुनीको तौल समुहमा नेपालका संगिता डंगोलले रजत जिते । उनी श्रीलंकाका खेलाडीसँग पराजित भए ।
प्रकाशित २२ मङ्गसिर २0७६ , आइतबार | 2019-12-08 12:51:49
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार