बंगलादेश बिरूद्ध नेपाल पहिलो हाफमा १-० ले अगाडी

बंगलादेश बिरूद्ध नेपाल पहिलो हाफमा १-० ले अगाडी

काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद अन्तर्गत पुरुष फुटबलमा फाइनल प्रवेशका लागि निर्णायक खेलमा नेपालले बंगलादेशमाथि १–० गोलको अग्रता लिएको छ। नेपालले सुनिल बलको गोलमा अग्रता लिएको हो। 

सुनिलले खेल शुरू भएको ११ मिनेटमा गोल गरेका हुन्।  सुनिलले बायाँ भागबाट रिजन सुब्बा र कप्तान सुजल श्रेष्ठसँगको तालमेलमा गोल गरेका हुन्। 

मध्य भागमा बल पाएका सुनिलले रिजनलाई पास दिएका थिए। रिजनले सुजललाई पास दिए। सुजलले बायाँ भागबाट गरेको क्रसलाई पेनाल्टी क्षेत्रमा पुगेका सुनिलले पोष्टको दिशा दिए। 

त्रिपुरेश्वरस्थित् दशरथ रंगशालामा अहिले पहिलो हाफको खेल चलिरहेको छ। नेपाललाई फाइनल पुग्न कम्तीमा बराबरी गर्नुपर्ने दबाब छ। होइन भने गत संस्करणको स्वर्ण पदक विजेता नेपाल फाइनल भिडन्तबाट बाहिरिनेछ। नेपालले आज जिते स्वर्ण पदकका लागि २४ मंसीरमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ।

राउन्ड रोबिन लिगको अन्तिम खेल हुनुअघि नेपाल ७ अंकका साथ दोस्रो स्थानमा छ भने बंगलादेश ४ अंकका साथ तेस्रो स्थानमा छ।

बंगलादेशले नेपालविरुद्ध विजयी नतिजा निकाल्यो भने बंगलादेशको पनि समान ७ अंक हुन्छ। र, समान ७ अंक भए पनि ‘हेड टु हेड’ का आधारमा बंगलादेश फाइनल पुग्छ।

यसो भयो भने नेपाल स्वर्ण पदकको भिडन्तबाट बाहिरिन्छ। 

यसैबीच,  नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आज माल्दिभ्ससँग खेलेको टोलीमा १ खेलाडी परिवर्तन गरेका छन्। नियमित खेलाडी बिकास खवासको स्थानमा छिरिङ गुरुङलाई मौका दिएका हुन्।

त्यस्तै, अभिषेक रिजाललाई मिडफिल्डमा झारेका छन् भने सुजललाई फरवार्डमा खेलाएका छन्।

प्रतिकृया दिनुहोस

‘म्याच फिक्सिङ’का आरोपी पाँच खेलाडीलाई

मोरान स्मृति आमन्त्रण फुटबल प्रतियोगिता

सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित

सागमा नेपाल प्रहरीका खेलाडीले जिते

स्वर्ण विजेता खेलाडीलाई ९ लाख रूपैयाँ

सागको समापन समारोहमा फुटबल प्रेमि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला