काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत म्याराथन दौडमा नेपालले स्वर्ण पदक जितेको छ।
आइतबार बिहान भएको पुरुषतर्फ म्याराथन ४२ किलोमिटर दौडको स्पर्धामा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । म्याराथनमा स्वर्ण जित्ने क्रममा बोगटीले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेन्ड पूरा गरेका थिए।
दौडमा पुरुषतर्फ ८ जना र महिलातर्फ ७ जना प्रतिस्पर्धी छन् । पुरुष र महिला दुवैमा नेपालबाट २–२ जना सहभागी थिए । पुरुषतर्फ किरणसिंह बोगटी र होमलाल श्रेष्ठ तथा महिलातर्फ पुष्पा भण्डारी र राजपुरा पछाई सहभागी भएका थिए ।
म्याराथन दौड दशरथ रङ्गशालाबाट शुरु भई टेकु, कालिमाटी, कलङ्की, बल्खु, सातदोबाटो, कोटेश्वर गठ्ठाघर, सल्लाघारी, सूर्यविनायक हुँदै पुनःफर्किएर सल्लाघारीबाट कोटेश्वर हुँदै नयाँबानेश्वर, माइतीघर, सिंहदरबार भद्रकाली वीरअस्पताल, जमल, लैनचौर, दरबारमार्ग, उत्तरढोका, नागपोखरी, दक्षिणढोका, घण्टाघर, भद्रकाली हुँदै दशरथ रङ्गशालामा पुगेर समापन भएको थियो ।
महिलातर्फको स्पर्धामा नेपाल दोस्रो भएको छ । श्रीलंका पहिलो हुँदै स्वर्ण जित्दा नेपालकी पुष्पा भण्डारी दोस्रो भइन् । उनले निर्धारित दुरी २ घण्टा ५० मिनेट ११ सकेण्डमा पार गरिन् ।
पहिलो भएकी श्रीलंकाकी खेलाडी हिरुनी केसाले भने २ घण्टा ४१ मिनेट २४ सेकेण्डमा दौड पूरा गरिन् ।
प्रकाशित २१ मङ्गसिर २0७६ , शनिबार | 2019-12-07 04:28:54
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार