साग क्रिकेटमा नेपालको फाइनलमा पुग्ने सम्भावना कायमै

साग क्रिकेटमा नेपालको फाइनलमा पुग्ने सम्भावना कायमै

काठमाडौं। करण केसीको आक्रमक ब्याटिङप्रेरित नेपालले आज माल्दिभ्सलाई ८४ रनले हराउँदै १३औं दक्षिण एशियाली खेलकुद (साग)को फाइनल पुग्ने सम्भावना कायमै  छ।  जितसँगै नेपालले ३ खेलबाट ४ अंक जोडेको छ। नेपाल तेस्रो स्थानमा छ। 

नेपालले फाइनलमा स्थान पक्का गर्न अब भोलि, बंगलादेशलाई हराउनुको विकल्प छैन। दुई खेलबाट ४ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ। बंगलादेशले अन्तिम खेल श्रीलंकाविरुद्ध खेल्नेछ। श्रीलंका ३ खेलबाट ६ अंकका साथ शीर्ष स्थानमा छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाएको थियो।

नेपालका लागि करणले १६ बलमा २ चौका र ४ छक्कासहित अविजित ४० रन बनाए। दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाउँदा ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले समान १९ रन जोडे। आरिफ शेखले १७ रन बनाए। पारस खड्का ११ र रोहितकुमार पौडेलले १० रन बनाए।

माल्दिभ्सका लीम शाफिगले ३ विकेट, अमील माउरुफले २ र उमर एडम तथा मोहमद माहफुजले समान १-१ विकेट लिए।  

१६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले ६ विकेट गुमाएर ७९ रनमात्र जोड्न सक्यो। ओपनर मोहम्मद अज्जमले बनाएको अविजित १७ रन नै माल्दिभ्सका ब्याट्सम्यानले बनाएको सबभन्दा ठूलो स्कोर हो। नेपालका सुशन भारी र ललितनारायण राजवंशीले समान २-२ विकेट लिँदा पवन सर्राफले १ विकेट लिए।

प्रतिकृया दिनुहोस

‘म्याच फिक्सिङ’का आरोपी पाँच खेलाडीलाई

मोरान स्मृति आमन्त्रण फुटबल प्रतियोगिता

सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित

सागमा नेपाल प्रहरीका खेलाडीले जिते

स्वर्ण विजेता खेलाडीलाई ९ लाख रूपैयाँ

सागको समापन समारोहमा फुटबल प्रेमि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला