१३औं साग महिला क्रिकेटः नेपाल श्रीलंकासँग पराजित

१३औं साग महिला क्रिकेटः नेपाल श्रीलंकासँग पराजित

काठमाडौं। श्रीलंकालाई ४१ रनको लक्ष्य सुम्पिएपछि महिला क्रिकेटमा नेपालको स्वर्ण पदकको सम्भावना समाप्त भएको छ।

१३औं दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत पोखरा रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा नेपाल श्रीलंकासँग पराजित भएको हो।

टस जितेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११८ रन बनाएको थियो।  लिहिनी अप्सराले ३७, जलादी अनालीले ३५, साथ्या सन्दीपानीले २२ तथा हर्षिथा मादवीले १६ रन बनाए।

नेपालका सोनु खड्का र सरस्वती कुमारीले समान दुई विकेट लिँदा अञ्जली चन्दले एक विकेट लिइन्। 

११९ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाएर ७७ रन मात्र बनाउन सफल भयो।

नेपालकी कप्तान रुबिना क्षेत्रीले १९, करुणा भण्डारीले १२ तथा अप्सरी बेगमले ११ तथा कविता कुँवरले अविवजित १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

श्रीलंकाकी सचिनी निसानसालाले तीन, साथ्या सन्दीपानीले दुई र मालशा रणथुङ्गाले एक विकेट लिए।

जितसँग श्रीलंकाले दोस्रो स्थानमा रहेर फाइनल भिडन्त पक्का गरेको छ।

श्रीलंकाले स्वर्ण पदकका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले कांस्य पदकका लागि माल्दिभ्सविरुद्ध खेल्नेछ।

प्रतिकृया दिनुहोस

‘म्याच फिक्सिङ’का आरोपी पाँच खेलाडीलाई

मोरान स्मृति आमन्त्रण फुटबल प्रतियोगिता

सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित

सागमा नेपाल प्रहरीका खेलाडीले जिते

स्वर्ण विजेता खेलाडीलाई ९ लाख रूपैयाँ

सागको समापन समारोहमा फुटबल प्रेमि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला