नेपालले जित्यो २९ स्वर्ण (सूचीसहित)

               नेपालले जित्यो २९ स्वर्ण (सूचीसहित)

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले २९ स्वर्णसहित ६२ ओटा पदक जित्दै अग्रस्थान कायम राखेको छ ।

बुधबार बेलुकासम्म नेपालले २९ स्वर्ण, १४ रजत र १८ कांस्यसहित ६२ पदक जितेको छ ।  दोस्रो नम्बरमा भारतले २३ स्वर्ण, १९ रजत र ११ कांस्यसहित कूल ५३ पदक हात पारेको छ भने तेस्रो नम्बरमा रहेको पाकिस्तानले हालसम्म ८ स्वर्ण, १४ रजत र १३ कांस्य सहित कूल ३५ पदक जितेको छ ।

बुधबार नेपालको लागि तेक्वान्दोमा सक्षक कार्कीले तेक्वान्दोमा स्वर्ण पदक जितेका छन्। उनले ८७ केजी तौल समूहमा स्वर्ण जितेका हुन्।

नेपालको लागि तेक्वान्दोमा सङ्गीता बस्यालले बुधबार नै स्वर्ण पदक जितेकी छन्। उनले ६२ केजी तौल समूहमा भारतीय खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन्। यस्तै, अनुपमा मगरले करातेको कुमुतेमा बुधबार नै स्वर्ण पदक जितिन्।

बुधबारबाट सुरु भएको साइक्लिङमा नेपालले दुई स्वर्ण, दुई रजत र एक कांस्य पदक जितेको छ। डाउन हिल १ किलोमिटरअन्तर्गत पुरुषतर्फ स्वर्ण, रजत र कांस्य तथा महिलातर्फ नेपाली खेलाडीले स्वर्ण र रजत पदक जितेका हुन्।

गोकर्णस्थित सहिद पार्कमा भएको साइक्लिङअन्तर्गत डाउन हिल १ किलोमिटर पुरुषमा राजेश मगरले १ मिनेट ४९ सेकेन्डमा निर्धारित दूरी तय गर्दै स्वर्ण पदकमा कब्जा जमाउँदा १ मिनेट ५० सेकेन्डको टाइमिङका साथ निरभ श्रेष्ठले रजत पदक जिते।

कांस्य पदक जितेका प्रचित थापामगरले १ मिनेट ५१ सेकेन्डको टाइमिङ कायम गरेका थिए। यस्तै, महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण पदक जित्दा जमुना थापाले रजत पदक जितेकी थिइन्।

नेपालले जितेका स्वर्णहरु

१. मण्डेकाजी श्रेष्ठ, कराते (एकल काता) 

२. महसुस तामाङ, मण्डेकाजी श्रेष्ठ, प्रविण मानन्धर– कराते (टिम काता, पुरुष )

३. निर्मला तामाङ, संगिता मगर, सरु कार्की– कराते (टिम काता ,महिला) 

४. कुसुम खड्का, कराते (४५ केजी मूनी) 

५. लक्ष्मण तामाङ, कराते (५५ केजी) 

६.विप्लवलाल श्रेष्ठ, कराते (८४ केजीमाथि)

७. कमल श्रेष्ठ, तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) 

८. नवीन रसाइली, कराते (६७ केजी) 

९.सुनिता महर्जन, कराते (६८ केजी)

१०. पार्वती गुरुङ, तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) 

११. अनु अधिकारी, कराते (५० केजी मूनि) 

१२. सिना मादेन लिम्बु, तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )

१३. आयशा शाक्य, तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) 

१४.अनुपमा मगर, कराते (६८ केजी)

१५. आयशा शाक्य र सञ्जिकुमार पाण्डे– तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) 

१६. निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना– पुम्से महिला टिम (१७–२३ वर्ष) 

१७. निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई– पुम्से महिला टिम (२३–२९ वर्ष) 

१८. काजल श्रेष्ठ, तेक्वान्दो (४६ केजी मूनि) 

१९. वीरबहादुर महरा, तेक्वान्दो (६८ केजी मूनि) 

२०.सोनी गुरुङ, ट्रायथलन 

२१. हिमाल टमाटा, डुवाथोलन 

२२. विजय सिन्जाली, उसु (थाउलो) 

२३.सुस्मिता तामाङ, उसु (थाउलो) 

२४. दीपक हमाल, उसु (थाउलो)

२५. सन्तोषी श्रेष्ठ, एथलेटिक्स (१० हजार मिटर) 

२६. राजेश मगर, साइक्लिङ (डाउनहिल)

२७. निश्मा श्रेष्ठ, साइक्लिङ (डाउनहिल) 

२८. संगीता बस्याल, तेक्वान्दो (६२ केजी मूनि) 

२९. सक्षम कार्की, तेक्वान्दो (८७ केजी माथि) 

 

 

प्रतिकृया दिनुहोस

‘म्याच फिक्सिङ’का आरोपी पाँच खेलाडीलाई

मोरान स्मृति आमन्त्रण फुटबल प्रतियोगिता

सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित

सागमा नेपाल प्रहरीका खेलाडीले जिते

स्वर्ण विजेता खेलाडीलाई ९ लाख रूपैयाँ

सागको समापन समारोहमा फुटबल प्रेमि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला