नेपालले जित्यो २० स्वर्ण,कराँते,ऊसु र दौडमा स्वर्ण

    नेपालले जित्यो २० स्वर्ण,कराँते,ऊसु र दौडमा  स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले २० स्वर्ण जितेको छ । मंगललबार  कराँते, ऊसु र डुवाथोलन, दौडमा नेपालले स्वर्ण पदक हात पारेको हो । अहिलेसम्म नेपाल २० स्वर्णसहित पदक तालिकामा शीर्ष स्थानमा रहेको छ ।

मङ्गलबार भएको ऊसुको खेलहरुमा थाउलो तर्फ विजय सिञ्जाली र थाउलो महिला तर्फ सुस्मिता तामाङले स्वर्ण पदक जितिन्। नविन रसाइलीले ६७ केजी समूहमा कराँते तर्फ स्वर्ण पदक हात पारे । उनले पाकिस्तानका अहमेद नासिरलाई ८–६ ले हराउँदै स्वर्ण पदक जितेका हुन् ।  नविनले बङ्गलादेशका मोहम्मद फर्दुसलाई ८–२ ले हराएर फाइनलमा प्रवेश गरेका थिए ।

धाविका सन्तोषी श्रेष्ठले दौडमा स्वर्ण पदक दिलाइन् । उनले दश हजार मिटरको दौडमा भारतीय खेलाडी कविता यादबलाई पछि पार्नुहुँदै स्वर्ण पदक जितेकी हुन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा सन्तोषीले दश हजार मिटरको दौड ३५ मिनेट ७.९४ सेकेण्डमा पुरा गरिन् । सन्तोषीले अन्तिम सेकेण्डमा कवितालाई पछि पार्दै दौड जितेकी हुन् ।  दौडको अन्तिम संकेतमा दुबैले सँगै खुट्टा उचालेको देखिएपनि सन्तोषीले पहिलो टेक्दै मिलिसेकेण्डको अन्तरले स्वर्ण हात पारिन् ।

मङ्गलबार नै डुवाथोलनमा लक्ष्मण मल्लले रजत पदक जितेका छन् ।  एथ्लेटिक्स १५ सय मिटरको दौडमा टंक कार्कीले कास्य पदक हात पारेका छन् ।

 

 

प्रतिकृया दिनुहोस

‘म्याच फिक्सिङ’का आरोपी पाँच खेलाडीलाई

मोरान स्मृति आमन्त्रण फुटबल प्रतियोगिता

सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित

सागमा नेपाल प्रहरीका खेलाडीले जिते

स्वर्ण विजेता खेलाडीलाई ९ लाख रूपैयाँ

सागको समापन समारोहमा फुटबल प्रेमि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला