काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोको पुम्सेमा कुशुम खड्काले स्वर्ण पदक जितेकी छिन् । उनले सिनियर महिला ४५ केजी समूहमा उपाधी जितेकी हुन्। खड्काले बंगलादेशकी मुन्दिरा बोर्नालाई ३–२ ले पराजित गर्दै कुसुमले स्वर्ण पदक जितेकी हुन्।
यसअघि फाइनल प्रवेश गर्दा कुसुमले श्रीलंकाकी अरातिगेलाई ७–६ ले पराजित गरेकी थिइन्।
त्यस्तै आजै भएको तेक्वान्दोको पुम्सेमा आयशा शाक्यले स्वर्ण पदक जितेकी छन्। उनले ७.०४० अंकका साथ ३० वर्षमाथिको प्रतिस्पर्धामा स्वर्ण जितेकी हुन्। सो खेलमा भारतले रजत र श्रीलंकाका खेलाडीले कास्य जितेका छन् ।
प्रकाशित १६ मङ्गसिर २0७६ , सोमवार | 2019-12-02 12:00:21
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार