काठमाडौं। दक्षिण एशियाली खेलकुद (साग)को १३औं संस्करण अन्तर्गत खो खोमा नेपालले दोहोरो जित निकालेको छ।
खो–खोमा पहिलो दिन नेपालको पुरुष र महिला दुवै टोलीले विजयी नतिजा निकालेको हो। कीर्तिपुरको नयाँबजारमा सम्पन्न खेलमा पुरुषतर्फ नेपालले बंगलादेशलाई २१–१९ को स्कोरमा पराजित गरेको हो। महिलातर्फ पनि नेपालले बंगलादेशलाई नै ११–९ को स्कोरमा हराएको हो।
भारतले पनि महिला र पुरुष दुबैतर्फ विजयी नतिजा निकालेको छ। भारतको पुरुष र महिला दुवै टोलीले श्रीलंकालाई पराजित गरेको हो।
पुरुषतर्फ २१–८ को नतिजा निकालेको भारतले महिलातर्फ ३२–४ को नतिजा निकाल्यो।
खो–खोको पुरुष र महिला दुवै स्पर्धामा ४–४ राष्ट्र सहभागी छन्। चारै टीमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन्।
राउन्ड रोविन लिगको शीर्ष स्थानमा रहनेले तेस्रो स्थान तथा दोस्रो स्थानमा रहने टोलीले चौथो स्थानको टोलीसँग प्रतिस्पर्धा गर्नेछन्।
खो–खोको फाइनल खेल १८ मंसीरमा हुनेछ।
प्रकाशित १६ मङ्गसिर २0७६ , सोमवार | 2019-12-02 05:36:04
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार