सागको उद्घाटनसँगै आज चार खेल हुदै

सागको उद्घाटनसँगै आज चार खेल हुदै

काठमाडौं ।  १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को औपचारिक उद्घाटन आज (आइतबार) हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ विशेष कार्यक्रमकाबीच सागको उद्घाटन हुनेछ ।

सागको उद्घाटनसँगै आइतबारबाट विभिन्न खेलहरुको प्रतिस्पर्धा सुरु हुनेछ । भलिबल खेल भने बुधबारबाट सुरु भईसकेको छ ।

सागको पहिलो दिन काठमाडौंमा भलिबलसँगै कराते र खोखोको खेल सुरु हुनेछ । पोखरामा ब्याडमिन्टन सुरु हुनेछ भने राखेप कभर्ड हलमा आइतबार पुरुष भलिबलतर्फको सेमिफाइनल खेल हुनेछ ।

त्यस्तै दिउँसो साढे एक बजे सुरु भएको दोस्रो सेमिफाइनलमा पाकिस्तान र बंगलादेशबीच प्रतिस्पर्धाको खेल जारी रहेको छ ।

कराँतेको पहिलो दिन उद्घाटन र खेल तालिका सार्वजनिक कार्यकम मात्र हुनेछ । प्रतिस्पर्धा सोमबारबाट हुनेछ ।

किर्तिपुर नयाँ बजारमा हुने खोखोमा महिला र पुरुष दुवैतर्फको खेल हुनेछ ।

महिलातर्फ नेपालले बंगलादेशको सामना गर्दा भारतले श्रीलंकासँग खेल्नेछ भने पुरुषतर्फ भारतले श्रीलंका र नेपालले बंगलादेशसँग खेल्नेछ । खेलहरु ९ बजेपछि सुरु हुनेछ ।

पोखरा रंगशालाको कभर्ड हलमा ब्याडमिन्टनतर्फ पुरुष र महिला टिम इभेन्ट्सको क्वाटरफाइनल र सेमिफाइनलको खेल हुनेछ ।

बिहान १० बजे सुरु हुने प्रतिस्पर्धामा दुवै तर्फ (महिला र पुरुष) ६ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।

क्वाटरफाइनलमा नेपालले भुटानसँग खेल्नेछ । यस्तै बंगलादेशले पाकिस्तानसँग खेल्नेछ । भारत र श्रीलंका भने बाई पाएर सिधै सेमिफाइनलमा पुगेको छ ।

बंगलादेश र पाकिस्तानबीचको विजेताले सेमिफाइनलमा भारतको सामना गर्ने छ भने नेपाल र भुटानको विजेताले सेमिफाइनलमा श्रीलंकाको सामना गर्ने छ ।

ब्याडमिन्टनमा सेमिफाइनल पुग्ने राष्ट्रले कम्तिमा कास्य पदक पक्का गर्ने छन् । त्यसैले भुटानलाई पराजित गर्न सके नेपालको कम्तिमा पदक निश्चित हुनेछ ।

प्रतिकृया दिनुहोस

‘म्याच फिक्सिङ’का आरोपी पाँच खेलाडीलाई

मोरान स्मृति आमन्त्रण फुटबल प्रतियोगिता

सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित

सागमा नेपाल प्रहरीका खेलाडीले जिते

स्वर्ण विजेता खेलाडीलाई ९ लाख रूपैयाँ

सागको समापन समारोहमा फुटबल प्रेमि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला