नेपाललाई एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि

 नेपाललाई एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि

काठमाडौं। बंगलादेशमा भएको पहिलो एभीसी सिनियर महिला सेन्ट्रल जोन भलिबलको उपाधि नेपालले जितेको छ।

नेपालले एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

बिहीबार भएको फाइनलमा माल्दिभ्सलाई ३–० ले हराउँदै नेपाल च्याम्पियन बनेको हो । बंगलादेशमा भएको खेलमा नेपाल विपक्षीमाथि पूर्ण हावी भएको थियो ।

शहिद सूहेरवर्दी इन्डोर स्टेडियममा भएको खेलमा नेपालले माल्दिभ्सलाई २५–१३, २५–१२, २५–८ ले जितेर उपाधि जितेको हो।

अपराजित रहेर च्याम्पियन बन्ने क्रममा नेपालले माल्दिभ्सलाई दुई पटक, कीर्गिस्तान, बंगलादेश र अफगानिस्तानलाई एक एक पटक पराजित गर्‍यो।

नेपालले सबै खेल समान ३-० को सेटमा जितेको हो।

नेपालले लिग चरणमा अफगानिस्तानलाई २५(४, २५(९, २५(६ , कीर्गिस्तानलाई २५–१५, २५–१९, २५–२०, बंगलादेशलाई २५–७, २५–६, २५–६ र माल्दिभ्सलाई २५–१४, २५–५, २५–१३ ले पराजित गरेको थियो।

यसपटक नेपाली टीममा ६ नयाँ खेलाडीले स्थान बनाएका थिए र सबै ६ जनाले डेब्यूसमेत गरे।

यसअघि नेपालको महिला भलिबल टीमले दक्षिण एशियाली खेलकुद (साग)मा तीन पटक तेस्रो हुँदै काँस्य जितेको थियो।

यस्तै सन् २०१४ मा नेपालमै भएको पहिलो दक्षिण एशियाली महिला भलिबलमा नेपालले रजत जितेको थियो।

प्रतिकृया दिनुहोस

‘म्याच फिक्सिङ’का आरोपी पाँच खेलाडीलाई

मोरान स्मृति आमन्त्रण फुटबल प्रतियोगिता

सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित

सागमा नेपाल प्रहरीका खेलाडीले जिते

स्वर्ण विजेता खेलाडीलाई ९ लाख रूपैयाँ

सागको समापन समारोहमा फुटबल प्रेमि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला