एसीसी इमिर्जिङ टिम्स कप अन्तर्गत भारतविरुद्धको खेलमा नेपालद्धारा १९४ रनको लक्ष्य , पवन सर्राफले बनाए अर्धशतक

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसिसी) इमर्जिङ टिम्स कप अन्तर्गत पहिलो खेलमा भारतविरुद्ध नेपालका पवन सर्राफले अर्धशतक बनाएका छन्। उनले ४९ बलमा ७ चौका र २ छक्कासहित ५६ रन बनाए। 

पवन सर्राफले अर्धशतक बनाए पनि अरु ब्याट्सम्यान चल्न नसक्दा नेपालले राम्रो रन जोड्न सकेन। ४४ दशमलब ५ ओभरमा १ सय ९३ रन बनाउँदा नेपालले सबै विकेट गुमायो।   

बंगलादेशको साभरमा टस जितेर भारतले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको हो। ओपनिङमा आएका कप्तान ज्ञानेन्द्र मल्ल दोस्रो बलमा नै बिनारन आउट भए। अर्का ओपनर कुशल भुर्तेलले ६० बलमा २८ रन बनाए। 

यस्तै शरद भेषावकरले ७६ बलमा ४४ रन, आरिफ शेखले ५ बलमा २ रन, दिपेन्द्र सिंह ऐरीले ३१ बलमा २४ रन, बिनोद भण्डारीले १२ बलमा ५ रन बनाए। सोमपाल कामी दुई रनमा नै आउट भए। करण केसीले १६ बलमा २० रन बनाए। सुसन भारीले ६ बलमा २ रन बनाए। 

भारतका सौरभ दुबेले ४ विकेट लिए। यास राथोडले ३, पर्थ रेखाडेले २ र सिद्धार्थ देसाइले १ विकेट लिए। 

युएईले नाम फिर्ता लिएपछि एसिसी इमर्जिङ टिम्स कपमा नेपालले खेल्ने मौका पाइरहेको हो। प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङ छन्। 

नेपाल रहेको समूह ‘बी’ मा भारतसहित बंगलादेश र हङकङ रहेका छन्। समूह ‘ए’मा पाकिस्तान, ओमान, श्रीलंका र अफगानिस्तान छन्। दुवै समूहबाट शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। 

नेपालले आउने शनिबार हङकङविरुद्ध र सोमबार बंगलादेशविरुद्ध खेल्नेछ। 

प्रतिकृया दिनुहोस

‘म्याच फिक्सिङ’का आरोपी पाँच खेलाडीलाई

मोरान स्मृति आमन्त्रण फुटबल प्रतियोगिता

सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित

सागमा नेपाल प्रहरीका खेलाडीले जिते

स्वर्ण विजेता खेलाडीलाई ९ लाख रूपैयाँ

सागको समापन समारोहमा फुटबल प्रेमि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला