नेपाल आठौं स्थानमा सीमित 

नेपाल आठौं स्थानमा सीमित 

काठमाडौँ ।  नेपाल, एकदिवसिय विश्वकप क्रिकेट छनौट प्रतियोगिताको आठौं स्थानमा सीमित भएको छ । जिम्बावेमा सातौं स्थानको प्ले अफमा नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएपछि नेपालले प्रतियोगिता आठौं स्थानमा रहँदै सकेको हो ।

 यद्यपि, दुई दशक लामो क्रिकेटको इतिहासमा सोही प्रतियोगिताबाट नेपालले वान डे क्रिकेटको अन्तर्राष्ट्रिय मान्यता पाउन सफल भएको छ । नेदरल्याण्डस्ले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल ४४ ओभर ४ बलमा १ सय ४४ रनमा सीमित भयो । 

चौंथो ओभरमा उपकप्तान ज्ञानेन्द्र मल्ल चार रनमा आउट भएपछि सुरु भएको नेपालको विकेट पतनको क्रम ललित राजवंशीसम्म रोकिएन । 

सोमपाल कामीले सर्वाधिक ३६ रन बनाए । दीपेन्द्र सिंह ऐरी २५, क्याप्टेन पारस खड्का २२, करण केसी १३, अनिल साह ८, आरिफ शेख ५ र ललित राजवंशी २ रनमा आउट हुँदा रोहितकुमार पौडेल र शक्ति गौचनले खातै खोल्न पाएनन् ।

सन्दीप लामिछाने १४ रनमा नटआउट रहे । भान डर मेर्वेले ४ विकेट लिँदा पिटर सिलार र फ्रेड क्लासेनको नाममा २–२ विकेट रह्यो । 

 

प्रतिकृया दिनुहोस

‘म्याच फिक्सिङ’का आरोपी पाँच खेलाडीलाई

मोरान स्मृति आमन्त्रण फुटबल प्रतियोगिता

सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित

सागमा नेपाल प्रहरीका खेलाडीले जिते

स्वर्ण विजेता खेलाडीलाई ९ लाख रूपैयाँ

सागको समापन समारोहमा फुटबल प्रेमि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला