काठमाडौं, सन् २०१८ मा हुने विश्वकप फुटबलको फाइनल ड्र शुक्रबार सार्वजनिक गरिएको छ ।
सार्वजनिक ड्र अनुसार समूह बी बाट पोर्चुगल र स्पेन एकै समूहमा परेका छन् । यस्तै सोहि समूहमा मोरोक्को र इरान पनि परेका छन् ।
यसैगरी समूह ए मा आयोजक रसिया, साउदी अरेबिया, इजिप्ट र उरुग्वे परेका छन् भने समूह सीमा फ्रान्स, अष्ट्रेलिया, पेरु र डेनमार्क परेका छन् ।
यसैगरी समूह डी मा अजेन्टिनामा , आइसल्याण्ड, क्रोएसिया र नाइजेरिया परेका छन् भने समूह ई मा ब्राजिल, स्वीटजरल्याण्ड, कोष्टारिका र सर्बिया परेका छन् ।
समूह एफ मा जर्मनी, मेक्सिको, स्वीडेन र साउथ कोरिया पर्दा समूह जी मा बेल्जियम, पानामा, ट्युनिसिया र इंग्ल्याण्ड परेका छन् ।
यस्तै समूह एचमा भने पोल्याण्ड, सेनेगल, कोलम्बिा र जापान परेका छन् ।
प्रतियोगिता आगामी २०१ ८को जुन १४ देखि जुलाई १५ सम्म रसियाका १२ स्टेडियममा आयोजना हुने समाचारहरुमा जनाइएको छ ।
कुन देश कुन समूहमा ? तालिका हेर्नुहोस्
प्रकाशित १६ मङ्गसिर २0७४ , शनिबार | 2017-12-02 09:26:05
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार