काठमाडौँ | अर्को वर्ष रुसमा हुने विश्वकप फुबलमा सहभागी हुने ३२ टोलीको टुंगो लागेको छ ।
अन्तरमहादेशीय प्लेअफ अन्तर्गत न्युजिल्याण्डलाई २–० ले हराउँदै पेरु विश्वकपमा छनोट हुने ३२ औं टोली बनेको छ ।
बिहीबार बिहान पेरुको लिमामा भएको खेलमा एशिया ओसियाना क्षेत्रको प्रतिद्वन्दी न्युजिल्याण्ड २–० ले पराजित भयो । ३२ वर्षपछि विश्वकपमा छनोट भएको पेरु रुस विश्वकपमा सहभागी हुने दक्षिण अमेरिकाको पाचौं मुलुक पनि बनेको छ ।
यसअघि ब्राजिल, उरुग्वे, अर्जेन्टिना र कोलम्बियाले विश्वकपको टिकट काटिसकेका छन् ।
सन् १९८२ मा विश्वकप खेलेयता पेरुको यो पहिलो सहभागिता हुनेछ । आयोजक रुसले स्वत विश्वकपमा स्थान बनाउँदा बाँकी ३१ राष्ट्रले छनोट चरण पार गरेर विश्वकपमा स्थान बनाए ।
यसपटक छनोटमा केही उतारचढाए नतिजा पनि आए । चार पटकको विश्व च्याम्पियन इटली छनोट हुने सकेन । विश्वकपको पूर्व च्याम्पियनमध्ये यस विश्वकपमा सहभागी हुन असफल इटली मात्र एउटा टोली हो । विश्वकप फुटबल सन् २०१८ को जुन १४ देखि जुलाई १५ सम्म रुसको विभिन्न ११ शहरका १२ वटा रंगशालामा हुँदैछ ।
विश्वकपमा दक्षिण अमेरिकाबाट ५, उत्तर अमेरिकाबाट ३, युरोपबाट १४, अफ्रिकाबाट ५ र एशियाबाट ५ टोली छनोट भएका छन् ।
विश्वकप फुटबलका लागि अहिलेसम्म २३ देश छनोटमा परेका छन् भने यसअघि विश्वकप खेलेका ७ राष्ट्र छनोटमै फालिएका छन् ।
अब हुने विश्वकप फुटबल खेलका लागि आयोजक राष्ट्र रुस सहित युरोपका १० राष्ट्र सहभागी हुने पक्का भएको छ । युरोपबाट आयोजक राष्ट्र रुस, जर्मनी, बेल्जियम, इंग्ल्याण्ड, स्पेन, फ्रान्स, आइसल्याण्ड, पोल्याण्ड, पोर्चुगल र सर्विया रहेका छन् ।
अब हुने विश्वकप फुटबल खेलका लागि अहिलेसम्म दक्षिण अमेरिकाका ४ राष्ट्रले आफ्नो स्थान सुरुक्षित गरेका छन् जसमा ब्राजिल, अर्जेन्टिना, कोलम्बो र उरुग्वे रहेका छन् ।
अब हुने विश्वकप फुटबल खेलका लागि अहिलेसम्म अफ्रिकाबाट २ राष्ट्र छनोट भएका छन् जसमा नाइजेरिया र इजिप्ट रहेका छन् ।
विश्वकप फुटबल २०१८ का लागि अहिलेसम्म कन्काकाफबाट ३ राष्ट्र छनोट भएका छन् जसमा मेक्सिको, कोस्टारिका र पानामा रहेका छन् । यी तीन देश मध्ये पानामाले पहिलो पटक विश्वकपको यात्रा तय गरेको छ । छनोट खेलमा पानामा विश्वकप २०१८ मा छानिएको हो । छनोटको अन्य खेलमा पानामा र होन्डुरस विजयी भएपछि अमेरिका बाहिरिएको हो । पानामाले छनोट भइसकेको कोस्टारिकालाई २–१ ले पराजित गर्दा शीर्ष स्थानको मेक्सिको होन्डुरससँग ३–२ ले पराजित भएको थियो । यस नतिजापछी पानामा तेस्रो स्थान कब्जा गर्दै स्वतः छनोट भएको हो ।
एसियाबाट विश्वकप २०१८ का लागि ४ देश छनोट भएका छन् । एसियाका इरान, जापान, साउदी अरेविया र दक्षिण कोरिया विश्वकपमा छनोट भएका हुन् ।
त्यस्तै विश्वकपमा छनोट नभएका राष्ट्रहरुमा नेदरल्यान्ड्स, वेल्स, चिली, अमेरिका, घाना, चीन र इराक रहेका छन् ।
प्रकाशित ८ मङ्गसिर २0७४ , शुक्रबार | 2017-11-24 10:27:45
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार