एसिसि १९ मा नेपाललाई सफलता

एसिसि १९ मा नेपाललाई सफलता

काठमाण्डौँ, भदौ २८ । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ९ विकेटले पराजित गरेको छ । भुटानले प्रस्तुत गरेको ५१ रनको लक्ष्य नेपालले ८.३ ओभरमा पुरागरेको छ  । ओपनर आसिफ शेखले अविजित २३ रन र सन्दिप सुनारले सर्वाधिक २१ रन जोडेपछि नेपालको जित सम्भव भएको हो । अर्का ब्याट्सम्यान अनिल साह ४ रनमा अविजित रहे । भुटानको लागि एकमात्र विकेट छिरिङ पेन्जोरले लिए । त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको भुटान ५० रनमा अलआउट भएको थियो। नेपाली बलरसामु टिक्न नसकेको भुटानी टोलीले २८ ओभरमात्र ब्याटिङ गर्न सक्यो । यस जितसँगै नेपाल सेमिफाइनल पुगेको छ । नेपाल सम्मिलित समूह ‘ए’ बाट सिंगापुर पनि सेमिफाइनल प्रवेश गर्यो । सिंगापुरले यसअघि भुटानलाई ९ विकेट र थाइल्यान्डलाई ९२ रनले पराजित गरेको थियो । नेपाल र सिंगापुर समूह विजेताको छिनोफानो गर्न बिहीबार भिड्दैछन् । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ५० रनमा अलआउट गरेको छ । बुधबार टस जितेर ब्याटिङ रोजेको भुटान २८ ओभर मात्र टिक्यो । भुटानका लागि कप्तान टासी फुन्त्सोले  १६ र ओपनर उगेन दोर्जीले १३ रन जोडे । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले ५ विकेट लिए भने सन्दीप लामिछानेले ४ ब्याट्सम्यानलाई पेभेलियन फर्काए । भुटानको पहिलो विकेट नन्दन यादवले लिएका थिए । भुटानविरुद्ध जित हात पारेमा नेपाल सेमिफाइनल पुग्नेछ ।  नेपाल प्रतियोगिताको प्रमुख दाबेदार टिम हो । नेपालले भुटानलाई पराजित गरे समूह ‘ए’ बाट सिंगापुर पनि सेमिफाइनल पुग्नेछ । सिंगापुरले समूह चरणका पहिलो दुई खेल जितिसकेको छ । सिंगापुरले भुटानलाई ९ विकेट र थाइल्यान्डलाई ९२ रनले पराजित गरेको थियो ।

प्रतिकृया दिनुहोस

‘म्याच फिक्सिङ’का आरोपी पाँच खेलाडीलाई

मोरान स्मृति आमन्त्रण फुटबल प्रतियोगिता

सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित

सागमा नेपाल प्रहरीका खेलाडीले जिते

स्वर्ण विजेता खेलाडीलाई ९ लाख रूपैयाँ

सागको समापन समारोहमा फुटबल प्रेमि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला