मेस्सीले ह्याट्रिक गरेपछि अर्जेन्टिना विश्वकपमा छनोट

मेस्सीले ह्याट्रिक गरेपछि अर्जेन्टिना विश्वकपमा छनोट

जित्नैपर्ने दबावका बीच इक्वेडर विरुद्ध उसकै घरेलु मैदानमा उत्रिएको लिओनल मेस्सीको अर्जेन्टिना विश्वकपमा छनोट भएको छ।

मेस्सीले ह्याट्रिक गरेपछि अर्जेन्टिना स्वतः विश्वकपमा छनोट भएको हो। घरेलु टोलीसँग १–० गोल अन्तरले पराजित परेको अवस्थालाई उल्टाउँदै मेस्सीले ह्याट्रिक गरेका थिए।

खेलको एक मिनेट नवित्दै इक्वेडरका रोमारियो इबाराले घरेलु टोलीलाई अग्रता दिलाए। पहिलो हाफमा दुई गोल गरेका मेस्सीले दोस्रो हाफमा एक गोल थप्दै अर्जेन्टिनालाई विश्वकपमा पुर्याएका हुन्।

खेलको १२ औं मिनेटमा डी मारियाले दिएको पासमा मेस्सीले गोल खेललाई बराबरीमा फर्काए। २२ औं मिनेटमा डी बक्स नजिकैबाट सट प्रहार गर्दै उनले पहिलो हाफमा अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।

खेलको ६२ औं मिनेटमा ह्याट्रिक गर्दै मेस्सीले अर्जेन्टिनाको स्थान विश्वकपमा सुरक्षित गरेका हुन्। ३५ यार्ड टाढाबाट उनले प्रहार गरेको सट गोलमा परिणत भएको थियो।

जितसँगै दक्षिण अमेरिकी समूहको अंकतालिकमा तेस्रो स्थानमा उक्लिदै अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको हो। यस समूहको शीर्ष चारमा रहेने टोली विश्वकपमा स्वतः छनोट हुने प्रावधान छ।

इक्वेडरसँगको खेलअघि अर्जेन्टिना छैठौं स्थानमा थियो। समूहको शीर्षस्थानको ब्राजिलसँग पराजित हुँदा तेस्रो स्थानको चिली छैठौं स्थानमा झरेपछि सो स्थान अर्जेन्टिनाले लिएको हो।

 

प्रतिकृया दिनुहोस

‘म्याच फिक्सिङ’का आरोपी पाँच खेलाडीलाई

मोरान स्मृति आमन्त्रण फुटबल प्रतियोगिता

सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित

सागमा नेपाल प्रहरीका खेलाडीले जिते

स्वर्ण विजेता खेलाडीलाई ९ लाख रूपैयाँ

सागको समापन समारोहमा फुटबल प्रेमि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला