एएफसी फुटसल च्याम्पियन्ससिप छनोट खेल्न बिहीबार राति इरान प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय फुटसल टोलीको बिदाई गरिएको छ।
अखिल नेपाल फुटबल संघ एन्फा अन्तर्गतको एन्फा फुटसल समितीले एक कार्यक्रमको आयोजना गरि टोलीको विदाई गरेको हो।
विदाई भएर च्याम्पियन्ससिप खेल्न जान लागेको यो पहिलो नेपाली राष्ट्रिय फुटसल टोली हो। यसअघि नेपालमा राष्ट्रिय फुटसल टोली थिएन्।
इरान १४ खेलाडी, २ प्रशिक्षक, म्यानेजर, फिजियो तथा ५ अफिसियलहरुलाई एन्फाका अध्यक्ष नरेन्द्रलाल श्रेष्ठ, तथा फुटसल समितीका अध्यक्ष रमेश राइमाझीले सयुंक्त रुपमा विदाई गरे।
विदाई कार्यक्रममा एन्फा र जर्सी पसल नेपाल प्रा.लिं बीच अफिसियल किट्सका विषयमा तीन वर्षे सम्झौता भएको छ। सम्झौता बमोजिम प्रत्येक वर्ष जर्सी पसलले फुसटल टोलीलाई १० लाख बराबरको सामाग्री प्रदान गर्नेछ।
सम्झौतामा हस्ताक्षर गर्दै एन्फा अध्यक्ष श्रेष्ठले फुटसललाई नयाँ उचाइमा पुर्याउन जर्सी पसलको सहयोग महत्वपुर्ण रहेको बताए। त्यस्तै जर्सी पसलका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद गुप्ताले पहिलो राष्ट्रिय टोलीलाई सहयोग गर्न पाउँदा गौरवाम्वित भएको भन्दै आगामी दिनहरुमा पनि सहकार्य जारी राख्ने प्रतिबद्धता जनाए।
च्याम्पियन्ससिपको समूह ए मा नेपालसँगै उज्वेकिस्तान, किर्गिस्तान र तुर्क्मिनेस्तान रहेका छन्।
सुरज राउतको कप्तानीमा रहेको नेपाली टोलीमा अनिस श्रेष्ठ, सुमित कुमारआले, सौरभ रख्याल मगर, राज शाही, अमित तामाङ, नवीन लामा (उपकप्तान), अरुज सिंह, विनोद गुरुङ, मणि कुमार लामा, अभय राना, सुशन श्रेष्ठ, सन्जोग महर्जन र निर्मल गुरुङ रहेका छन्।
नेपाली टोलीको मुख्य प्रशिक्षक राकेश श्रेष्ठ छन् भने सहायक प्रशिक्ष्क राजेश शाही छन्। टोलीको व्यवस्थापन विष्णु गुरुङले गर्दैछन्। टोलीको नेतृत्व गरेर स्वयम फुटसल समितीका अध्यक्ष रमेश राइमाझी त्यसतर्फ प्रस्थान गर्ने एन्फाले जनाएको छ।
प्रकाशित ५ कार्त्तिक २0७४ , आइतबार | 2017-10-22 08:55:48
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार