विश्व क्रिकेट लिग च्याम्पियन अन्तर्गत छैठौं चरणको खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको छ। योसँगै नेपालको शीर्ष चारमा पर्ने सम्भावनामा पनि धक्का पुगेको छ।
जितसँगै हङकङ १३ अंकका साथ तालिकाको चौथो स्थानमा उक्लिएको छ। नेपाल भने छैठौं स्थानमा यथावत् छ। च्याम्पियनसिपको शीर्ष चार स्थानमा रहने टोलीले अर्को वर्ष बंगलादेशमा हुने विश्वकप छनोट खेल्न पाउने प्रावधान छ।
हङकङका अहसान खानले पाँच विकेट लिएपछि १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपाल ३४.५ ओभरमा सवै विकेट गुमाएर १ सय ११ रनमा समेटिएको हो।
नेपालका ब्याट्सम्यानहरु लामो समय क्रिजमा टिक्न सकेनन्। कप्तान पारस खड्काले सर्बाधिक २६ रन जोड्दा आरिफ सेखले २३ तथा ज्ञानेन्द्र मल्लले २१ रन बनाए। त्यसबाहेक विनोद भण्डारी १८, सोमपाल कामीले ११ रन जोडे।
हङकङका अहसानसँगै अजिज खानले ३ विकेट लिए भने तनवीर अफ्जर र क्रिस्टिले समान १ विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा सवै विकेट गुमाएरु १ सय ९४ रन बनाएको थियो।
हङकङका ओपनर जोन अट्किन्सनले सर्बाधिक ७६ रन जोडे। १ सय १७ बलको सामना गरेका उनले ९ चोका र १ छक्का प्रहार गरेका थिए। उनलाई ४०.४ ओभरमा सुशान भारीले व्यक्तिगत एकमात्र विकेटका रुपमा पवेलियन फर्काएका थिए।
त्यस्तै हङकङका तनवीर अफ्जललले ३८, बबर हयातले २९ तथा वाकिस खानले १४ रन जोडे।
नेपालका सन्दीप लामिछानेले तीन तथा बसन्त रेग्मी र करण केसीले २ विकेट लिए।
नेपालले आइतबार पुनः हङकङको सामना गर्नेछ।
प्रकाशित ५ कार्त्तिक २0७४ , आइतबार | 2017-10-22 08:53:26
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार