हङकङमा फेरी वर्षा, खेल हुने सम्भावना न्युन

हङकङमा फेरी वर्षा, खेल हुने सम्भावना न्युन

हङकङमा फेरी वर्षा सुरू भएपछि विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ र नेपालबीचको खेल हुने सम्भावना न्युन बनेको छ।

आइतबार तय भएको खेल हङकङमा उच्चस्तरको सामुन्द्रिक आँधी आएका कारण सोमबारको बैकल्पिक दिनलाई सारिएको थियो। तर, आँधी पश्चात नियमित वर्षा भइरहेका कारण विहान सुरु हुने खेल अहिलेसम्म सुरु हुन सकेको छैन्।

केहीबेर वर्षा रोकिएसँगै मैदानमा घाम लागेपछि स्थानिय समयानुसार दिउँसो २ बजेर ४७ मिनेटपछि खेल सुरुहुन सक्ने हङकङ क्रिकेटले जनाएको थियो। तर, पुनः वर्षाभएपछि खेल हुने सम्भावना न्युन बनेर गएको छ।

खेल नभएमा दुवै टोली १–१ अंक बाड्नेछन्। अंक बाडेको खण्डमा नेपालको शीर्ष चारमा रहँदै विश्वकप छनोटमा पुग्ने सम्भावना सकिनेछ। हङकङसँगको अन्तिम र युएईसँगको दुई खेल जितेको खण्डमा छनोट हुन नेपाललाई अन्य टोलीको नतिजामा भरपर्नुपर्ने अवस्था थियो। 

शुक्रबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको थियो।

च्याम्पियनसिपबाट विश्वकप छनोट हुन नसके नेपाल डिभिजन दुई खेल्नेछ। जसका शीर्ष दुई टोली पनि विश्वकप छनोटमा पुग्नेछन्।

प्रतिकृया दिनुहोस

‘म्याच फिक्सिङ’का आरोपी पाँच खेलाडीलाई

मोरान स्मृति आमन्त्रण फुटबल प्रतियोगिता

सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित

सागमा नेपाल प्रहरीका खेलाडीले जिते

स्वर्ण विजेता खेलाडीलाई ९ लाख रूपैयाँ

सागको समापन समारोहमा फुटबल प्रेमि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला