काठमाडौं । कार्तिक १५ गते बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठक एक महिना सरेको छ । अब वैठक मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौंमा बस्ने नेकपाले बताएको छ ।
कोरोना भाइरसको बढ्दो संक्रमणलाई ध्यान दिँदै वैठक सारिएको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति मार्फत जानकारी दिएका छन् । ‘बुधबार जारी विज्ञप्तिमा कोभिड १९ प्रकोपका कारण हाललाई बैठक स्थगित गरिएको’उल्लेख गरिएको छ ।
पछिल्लो समय नेकपामा आन्तरिक संघर्ष वढ्दै गएको छ । कर्णालीका मुख्य मन्त्री महेन्द्र शाही विरुद्धको अविश्वासको प्रस्ताव तत्कालका लागि टरे पनि त्यसले पार्टी भित्र तरंग ल्याएको छ । अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बीचको शक्ति संघर्षले पार्टी केन्द्रीय कमिटीको वैठक बस्न नसकेको नेताहरुको ठहर छ ।
प्रकाशित १२ कार्त्तिक २0७७ , बुधबार | 2020-10-28 11:38:43
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार