काठमाडौं । सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरूको अडानले गर्दा प्रदेश नम्बर पाँचले प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउन अढाइ वर्षपछि लागेका छ ।
मंगलबार प्रदेशसभामा मतदान मार्फत प्रदेश ५ को राजधानी दाङको भालुवाङ र प्रदेशको नाम लुम्बिनी राख्ने निर्णय भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री कुलबहादुर केसीले प्रदेशको नाम र राजधानीबारे पेश गरेको प्रस्ताव दुई तिहाइ मतले पारित भएको हो।
प्रदेशसभामा भएको मतदानमा कुल ८२ मतमध्ये ६९ मत दाङको भालुवाङलाई राजधानी बनाउने पक्षमा खसेको थियो। त्यसको विपक्षमा १३ जनाले मत हालेका थिए। ८७ सांसद रहेका लुम्बिनी प्रदेशमा मतदानका क्रममा पाँच सांसद अनुपस्थित थिए।
यस्तै, लुम्बिनी नाम राख्ने पक्षमा कुल ८३ मध्ये ७९ खसेको थियो। विपक्षमा भने चार मत खसेको थियो। यसैगरी प्रदेश ५ को नाम लुम्बिनी राख्ने प्रस्ताव पनि दुईतिहाइ मतले पारित भएको छ ।
प्रदेशको नामकरण सम्बन्धमा ८३ जना सांसद सहभागी भएकोमा ७९ सांसदले पक्षमा मतदान गरे । यस्तै, विपक्षमा चार मत परेको छ । प्रस्तावको पक्षमा मतदान गर्न सत्तापक्ष नेकपा र विपक्षमा मत दिन प्रमुख विपक्षी नेपाली कांग्रेसले ह्वीप जारी गरेका थिए । तर,कांग्रेसका सांसदले ह्वीप तोडेर प्रस्तावको पक्षम मतदान गरेका थिए ।
प्रकाशित २0 आश्विन २0७७ , मङ्गलबार | 2020-10-06 12:08:49
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार