काठमाडौं । प्रदेश ५ को प्रदेशसभा बैठकमा प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले तोडफोड गरेका छन् । प्रदेशको राजधानी र नामाकरणको प्रस्तावमा छलफल सुरु भएपछि उनीहरुले नाराबाजी गरेका थिए ।
सभामुखले नेपाली कांग्रेसका सांसदको विरोधका बीच प्रदेशसभा बैठक सञ्चालन गरेपछि उनीहरू आक्रोसित हुँदै प्रदेशसभाभित्रका टेबुल र कुर्सी तोडफोड गरेका हुन्। आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गरेका छन्। प्रदेश ५ को राजधानी दाङ तोक्दा सत्ता पक्ष र विपक्षबीच विवाद थियो ।
संसद वैठकको विशेष समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद भोज प्रसाद श्रेष्ठले स्थायी राजधानी दाङ प्रस्तावको विरोध गरेका थिए । विधि र प्रक्रिया विपरित प्रस्ताव ल्याईएको बताउँदै उनले अव्यवहारिक ढंगले स्थायी राजधानी दाङ राख्ने प्रस्ताव आएको जनाएका थिए ।
सत्ता पक्षका विभिन्न सांसदहरुले रुपन्देही, दाङ अथवा कपिलवस्तु मध्ये एक जिल्लामा स्थायी राजधानी रहनुपर्ने भन्दै आ–आफ्नो धारण व्यक्त गरेका थिए ।
बैठक मंगलबारसम्म स्थगित
प्रदेश नं. ५ को प्रदेशसभा बैठक मंगलबार १२ बजे बस्ने गरी स्थगित गरिएको छ । प्रदेशको नाम र स्थायी राजधानीको प्रस्तावमाथि छलफल गर्ने कार्यसूचीमा प्रवेश लगत्तै विवाद वढेर प्रदेशसभा हलमा तोडफोडसम्म भएपछि वैठक स्थगन गरिएको हो ।
बैठकमा स्थायी राजधानीको प्रस्तावको विरोध गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस लगायतका अन्य साना दलहरुले संसद कक्षमै नाराबाजी गर्दै कुर्ची टेबल समेत तोडफोड गरेपछि वैठक मंगलवार वस्ने गरी स्थगित भएको हो ।
प्रकाशित १९ आश्विन २0७७ , सोमवार | 2020-10-05 11:51:21
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार