काठमाडौं । १४ अधिवेशनको तयारीबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक असोज १९ गते बस्ने भएको छ।
बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशनको तयारीबारे छलफल हुने कांग्रेसले जनाएको छ । साथै बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यहरूको बैठकमा सहभागिता हुने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा सहभागी हुने नेताहरूसँगै पार्टी कार्यालयका कर्मचारीहरूले अनिवार्य रूपमा पीसीआर परीक्षण गर्नु पर्नेछ। परीक्षणको व्यवस्था पार्टी केन्द्रीय कार्यालयले गर्ने भएको छ ।
जसका लागि नेताहरूसँगै कार्यालयका कर्मचारी असोज १५ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुनुपर्ने मुख्य सचिव पौडेलले जानकारी दिए ।
कांग्रेसको महाधिवेशन आउँदो फागुनमा गर्ने भनिएको छ। तर कोभिड–१९ र नेतृत्वको विवादले तोकिएको समयमा महाधिवेशन सम्पन्न हुनेमा अन्योल छ ।
प्रकाशित ५ आश्विन २0७७ , सोमवार | 2020-09-21 03:15:18
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार