अंगीकृत नागरिकताका लागि सात वर्षे प्रावधान नमान्ने कांग्रेसको निर्णय

 अंगीकृत नागरिकताका लागि सात वर्षे प्रावधान नमान्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले नेपालीसँग विवाह गरी आएकी विदेशी महिलालाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रस्ताव असंवैधानिक भएको ठहर गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले यो प्रस्ताव संविधान विपरित भएको निष्कर्ष निकालेको हो। संसदको राज्य व्यवस्था तथा सुशासन समितिले यो प्रावधानसहितको विधेयक निणार्यर्थ प्रस्तुत गरेमा यसमा फरक मत राखेर असहमित जनाउने कांग्रेसको निर्णय छ।

यो प्रावधान संवैधानिक, सामाजिक र सास्कृति अधिकार विरुद्ध भएको कांग्रेस उपसभापति विमलेन्द्र निधीले बताए। यसलाई पारित गर्न खोजे कांग्रेसले फरक मत राख्ने निर्णय भएको निधीले बताए । कांग्रेस पदाधिकारी बैठकले यो विधेयक पारित भए सामाजिक द्वन्द्व बढ्ने निष्कर्ष निकालेको छ। संविधानले दिएको अधिकारलाई ऐनमार्फत कटौति गर्न नहुने कांग्रेसको भनाइ छ।

सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले भने विदेशबाट विहे गरेर आएकी महिलालाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रस्तावको समर्थन गर्ने निर्णय गरेको थियो।

आइतबार दिउँसो २ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाइएको छ। त्यसमा बहुमतका आधारमा विधेयक पारित गर्ने नेकपाको तयारी छ।

 

 

प्रतिकृया दिनुहोस

दसैँभत्ता नलिने नेकपा र कांग्रेसको

तीन मन्त्रीले लिए शपथ

अढाइ वर्षपछि प्रदेश नं ५ ले पायो स्थायी

कांग्रेस सांसदले गरे प्रदेश ५ को प्रदेशसभा

कांग्रेस केन्द्रीय समितिको बैठक असोज

अंगीकृत नागरिकताका लागि सात वर्षे

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला