कोरोनारोकथाममा सचेत बन्न सरकारलाई कांग्रेसको ध्यानाकर्षकण

 कोरोनारोकथाममा सचेत बन्न सरकारलाई कांग्रेसको ध्यानाकर्षकण

काठमाडौं । नेपाली कांग्रेसले सरकार कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाममा चुकेको भन्दै सचेत बन्न ध्यानाकर्षण गराएको छ। मंगलबार प्रमुख सचेतक बालकृष्ण खाँडको नेतृत्वमा सांसदहरूको  टोलीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको हो।

ध्यानाकर्ष पत्रमा कोरोना नियन्त्रणका लागि पीसीआर टेष्टको दायरा बढाउनुपर्ने, क्वारेन्टाइन व्यवस्थित हुनुपर्ने, अस्पतालको व्यवस्थापनमा जुट्नुपर्ने, स्वास्थ्य सामग्री खरिद तथा विदेशबाट नागरिक उद्धारमा भएको भनिएको अनियमितता छानबिन गर्नुपर्नेलगायतका माग राखिएको छ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण, उपचार तथा रोकथाममा भएको खर्चलाई आफूले हेरिरहेको बताउनुभएको छ। यसमा कोही दोषी पाइए नेपाली सेनालाई समेत नछाड्ने ओलीको भनाइ छ। प्रधानमन्त्री ओलीले लकडाउन खुकुलो गरेसँगै कोरोनाको जोखिम बढेको समेत बताउनुभएको छ। यसका लागि अब सबै दलहरु मिलेर सचेतना बढाउनुपर्नेमा उहाँले जोड दिएको बताइएको छ। प्रधानमन्त्री ओलीले भारतबाट आएकाहरुलाई राखिएको स्थानीय तहका क्वारेन्टाइनमा कमजोरी भएको स्वीकार गर्नुभएको छ।

 

प्रतिकृया दिनुहोस

नेकपामा आन्तरिक किचलो, केन्द्रीय

दसैँभत्ता नलिने नेकपा र कांग्रेसको

तीन मन्त्रीले लिए शपथ

अढाइ वर्षपछि प्रदेश नं ५ ले पायो स्थायी

कांग्रेस सांसदले गरे प्रदेश ५ को प्रदेशसभा

कांग्रेस केन्द्रीय समितिको बैठक असोज

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला