सीमा विवाद सल्टाउन कुटनीतिक पहलकदमी जरूरी,विज्ञप्ति निकालेर मात्र समस्या समाधान हुँदैनःकांग्रेस

      सीमा विवाद सल्टाउन कुटनीतिक पहलकदमी जरूरी,विज्ञप्ति निकालेर मात्र समस्या समाधान हुँदैनःकांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लिपुलेकमा भारतले गरेको सडक विस्तारबारे वक्तव्य निकालेर मात्र नपुग्ने भन्दै सरकारले कुटनैतिक ढंगले  दीर्घकालीन समाधान खोज्न आग्रह गरेको छ । आइतबार पार्टी सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै कांग्रेसले कुटनीतिक र राजनीतिक रुपमा उच्च स्तरीय पहलकदमी लिएर समस्या समाधान गर्न अपील गरेको छ ।

उसले नक्सा प्रकरणमा सरकारको भूमिका वक्तव्यमा सीमित हुनु र फेरि त्यही प्रवृत्ति देखिनु दुखद रहेको टिप्पणी गर्दै सरकारलाई यथाशीघ्र पहलकदमी गर्न अपील गरेको हो ।

भारत र चीनबीच सडक सञ्जाल निर्माणबारे भएको सहमतिदेखि नै कांग्रेसले विरोध गरेको स्मरण विज्ञप्तिमा गरिएको छ । ‘नेपालको भू–भागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढंगले हुनुपर्छ’कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सन् २०१५ को मे महिनामा भारत र चिनियाँ प्रधानमन्त्रीले लिपुलेकबारे बेइजिङबारे सहमति गर्नुभएको थियो । उक्त सहमतिलगत्तै काँग्रेसका तात्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारले दुवै देशका सरकारलाई ‘प्रोटेस्ट नोट’ पठाएर गम्भीर असहमति जनाएको सभापति देउवाले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

सन् २०१९ को नोभेम्बर महिनामा भारतले आफ्नो नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतको नेपाली भू–भाग समावेश गर्दा भारतीय सेना फिर्ताको माग गरेको थियो कांग्रेसको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ , ‘नक्सा प्रकरणमा पनि सरकारको भूमिका केवल वक्तव्यमा सिमित रहनु र अहिले फेरि त्यही प्रवृत्ति दोहरिनु दुःखद् छ । राष्ट्रवादको प्रश्न केवल वक्तव्यको बिषय होइन, यो परिणाममुखी हुनुपर्दछ भन्ने कुरामा कांग्रेस विगत देखिनै निरन्तर प्रष्ट छ । नेपालको भू–भागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढंगले रहनु पर्ने विषयमा सरकारले गम्भीर कुटनैतिक पहलकदमी मार्फत समाधान खोज्न प्रक्रिया थालनी गरोस्, राष्ट्रियताको प्रश्नमा कांग्रेस सरकारको साथमा रहनेछ ।’

प्रतिकृया दिनुहोस

नेकपामा आन्तरिक किचलो, केन्द्रीय

दसैँभत्ता नलिने नेकपा र कांग्रेसको

तीन मन्त्रीले लिए शपथ

अढाइ वर्षपछि प्रदेश नं ५ ले पायो स्थायी

कांग्रेस सांसदले गरे प्रदेश ५ को प्रदेशसभा

कांग्रेस केन्द्रीय समितिको बैठक असोज

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला