वैशाख २५ गते स्थायी कमिटीको बैठक बोलाउने नेकपाको निर्णय

    वैशाख २५ गते स्थायी कमिटीको बैठक बोलाउने नेकपाको निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले वैशाख २५ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

२४ गते बस्ने सचिवालय बैठकले पार्टीको वर्तमान अवस्था र भावी कार्ययोजना प्रस्तुत गर्ने र सोही कार्ययोजना सचिवालयका तर्फबाट स्थायी समिति बैठकमा प्रस्तुत गरिने श्रेष्ठले जानकारी दिए।

बैठकले बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उमेदवार बनाउन पहल गर्नेबारे छलफल भएको श्रेष्ठले बताए । वरिष्ठ नेता माधव नेपाललाई अध्यक्ष बनाउने भन्ने विषयमा छलफल नभएको पनि श्रेष्ठले बताए ।  

 बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनमा भएका कमीकमजोरीलाई लिएर आत्मालोचना गरेको पनि प्रवक्ता श्रेष्ठले बताए । अध्यक्ष पुष्पकमल दाहाल लगायतले पनि पार्टी सञ्चालनमा भएका कमिकमजोरीमा आत्मालोचना गर्दै अगाडि बढ्ने निर्णय भएको श्रेष्ठले बताए । बैठकमा पार्टी एकतालाई रक्षा गर्ने र सुदृढ गर्ने र पार्टीलाई गुटउन्मुख हुन नदिन पार्टीका सबैतहमा निर्देशन दिने पनि निर्णय गरेको छ ।

प्रचण्डको चेयर फेरियो

प्रधानमन्त्री निवासमा बस्ने सचिवालय बैठकमा सधै पदाधिकारीकै तर्फ बस्ने अध्यक्ष प्रचण्डको कुर्सी शनिबारको बैठकमा फेरिएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र प्रचण्डको कुर्चीसँगै राखिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले तस्वीर फेसबुकमा सार्वजिक गर्दै सामाजिक दुरी कायम गरिएको उल्लेख गरेपनि सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई फकाउन यस्तो चाल चलेको प्रतिक्रिया व्यक्त गरिएको छ ।

प्रतिकृया दिनुहोस

नेकपामा आन्तरिक किचलो, केन्द्रीय

दसैँभत्ता नलिने नेकपा र कांग्रेसको

तीन मन्त्रीले लिए शपथ

अढाइ वर्षपछि प्रदेश नं ५ ले पायो स्थायी

कांग्रेस सांसदले गरे प्रदेश ५ को प्रदेशसभा

कांग्रेस केन्द्रीय समितिको बैठक असोज

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला