काठमाडौं । लकडाउनका कारण समस्यामा परेका अति विपन्न ४३ परिवारलाई नेपाल विद्यार्थी संघका नेता रघुवीर कार्कीको पहलमा राहत वितरण गरिएको छ ।
तराईका विभिन्न जिल्लाबाट काठमाडौं आएर जुत्ता सिलाएर गुजारा गर्ने विपन्न परिवारलाई नेता कार्कीले एक बोरा चामल, ५ केजी दाल, तेल, नुन लगायतका खाद्य सामग्री प्रदान गरिएको हो । एक महिनासम्म काम नभएपछि समस्यामा परेका तराई मधेसका राम (चमार),तथा पासवान अति विपन्न ४३ परिवारलाई खाद्य सामग्री प्रदान गरिएको कार्कीले जानकारी दिए ।
काम गर्न नपाउँदा भएको खाद्यान्न सकिएपछि अलपत्र परेको खबर पाएसँगै कार्की सहयोग लिएर पुगेका हुन् । उनीहरुले आफुलाई घर लैजान स्थानीय सरकारले पहल नगरेको र केही दिनदेखि एक छाक मात्र खाएर बसेको गुनासो पनि गरे । उनीहरु चाबहिल तथा काठमाडौका विभिन्न ठाँउमा जुत्ता पोलिस गर्ने र सिलाउने कार्य गर्दै आएका थिए ।
सर्लाही निवासी कार्कीले आफु पनि मधेसको भएकाले मधेसबाट आएका अति विपन्न परिवार समस्यामा रहेको कुराले आफुलाई भावुक बनाएको बताए । उनले आफुले सकेको सहयोग गरेको र अरुलाई पनि हिमाल,पहाड,तराई सबै क्षेत्रका नागरिकलाई सक्दो सहयोग गर्न उनले आग्रह गरे ।
राहत वितरणको जिम्मा पाएको स्थानीय सरकारका पदाधिकारीले पनि यी समुदायलाई प्राथमिकता दिनु जरुरी छ ।
प्रकाशित १२ बैशाख २0७७ , शुक्रबार | 2020-04-24 11:42:02
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार