जनता समाजवादी पार्टीका नेता निर्वाचन आयोगमा,थालियो दल दर्ता

  जनता समाजवादी पार्टीका नेता निर्वाचन आयोगमा,थालियो दल दर्ता

काठमाडौं । नवगठित जनता समाजवादी पार्टीले पार्टीले एकीकरणको सहमतिपत्र औपचारिक रुपमा निर्वाचन आयोगमा दर्ता गराएको छ । एकीकृत पार्टीका नेताहरुले आज निर्वाचन आयोग पुगी दल दर्ताको प्रक्रिया अगाडि बढाएका हुन् ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुई पार्टीबीच एकीकरण हुने सहमति भएको जानकारी आयोगलाई प्राप्त भएको र अब दलहरुले नयाँ दलका लागि आवश्यक पर्ने कागजात पेश गरेपछि आयोगले नयाँ दल दर्ता प्रक्रिया अगाडि बढाउने जानकारी दिएका छन् । 

दल दर्ताका लागि राजपाका तर्फबाट सरदसिंह भणडारी र समाजवादी पार्टीका तर्फबाट उपेन्द्र यादवले निवेदन दर्ता गराउनु भएको र दर्ता नंम्बर १३८८ रहेको छ ।

उहाँले दल दर्तासम्बन्धी कानुनमा दलको घोषणापत्र, विधान निर्वाचन चिन्ह, केन्द्रीय कमिटिको निर्णय लगायतका कागजात ४५ दिन भित्र आयोगमा पेश गर्नु पर्ने र ती कागजात रीतपूर्वक भए नभएको कर्मचारीले जाँच गरी आयोगका आयुक्तहरु समक्ष पेश गरिने छ ।

समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच बुधबार राति पार्टी एकीकरण भएको घोषणा गरेका थिए । जनता समाजवादी पार्टीका नेताहरु उपेन्द्र यादव, शरत्सिंह भण्डारी, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, केशव झालगायत नेताहरु आज निर्वाचन आयोग पुगेका थिए।

नवगठित पार्टीका नेता राजेन्द्र महतोले लकडाउनपछि पार्टी एकीकरणको बाँकी प्रक्रिया पूरा गरेर एकता टुङ्ग्याइने जानकारी दिएका छन् ।  

 

प्रतिकृया दिनुहोस

नेकपामा आन्तरिक किचलो, केन्द्रीय

दसैँभत्ता नलिने नेकपा र कांग्रेसको

तीन मन्त्रीले लिए शपथ

अढाइ वर्षपछि प्रदेश नं ५ ले पायो स्थायी

कांग्रेस सांसदले गरे प्रदेश ५ को प्रदेशसभा

कांग्रेस केन्द्रीय समितिको बैठक असोज

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला