अध्यादेश फिर्ता नलिए आन्दोलन गर्ने कांग्रेससहित चार दलको चेतावनी

अध्यादेश फिर्ता नलिए आन्दोलन गर्ने कांग्रेससहित चार दलको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको नेतृत्वमा बसेको विपक्षी दलहरूको बैठकले अध्यादेश फिर्ता नगरे आन्दोलनमा सुरू गर्ने निर्णय गरेका छन् । बुधबार कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेको चार दलको बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले ल्याएको अध्यादेशले संविधानमाथि प्रहार गरेको र राजनीतिक अस्थिरता निम्त्याउने भन्दै तत्काल फिर्ता लिन माग गरिएको हो । वैठकमा  कांग्रेस सभापति शेरबहादुर देउवा, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष शरदसिंह भण्डारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाको उपस्थिति थियो।

बैठकका निर्णय यस्ता छन् :

(१) वर्तमान नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेको ओली सरकारले कोरोना संक्रमणको कारण देश लकडाउनको अवस्थामा रहेको वेला हठात् संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (तेस्रो संशोधन) अध्यादेश, २०७७ सम्बन्धी ऐनमा गरेको संशोधनसम्बन्धी अध्यादेशहरू वर्तमान संविधानको मूलमर्म र लोकतान्त्रिक मूल्य–मान्यताको घोर उल्लंघन भएकोले यसको घोर निन्दा गर्दछौँ । ओली नेतृत्वको सरकारको लोकतान्त्रिक मूल्य र मान्यतालाई समाप्त पारी निरंकुश शासनतर्फ उन्मुख शृंखलाबद्ध कदमहरूको पछिल्लो नांगाे कदमका रूपमा यी अध्यादेशहरूलाई हामीले लिएका छौँ । यी दुवै अध्यादेश तत्काल फिर्ता लिन यो बैठक जोडदार माग गर्दछ । 

(२) मन्त्रिपरिषद्को निर्णयबाट राष्ट्रपतिबाट जारी यी अध्यादेशहरूले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मूलमर्ममा आक्रमण गरेकोले सामाजिक दूरी कायम गर्ने व्यवस्था मिलाई तत्काल संघीय संसदको बैठक बोलाउन सरकारसँग यो बैठक जोडदार माग गर्दछ । 

(३) यो बैठक कोरोना संक्रमणको कारण लकडाउनको अवस्थामा देश रहेको र यसका कारण आमजनता खाद्यान्नलगायतका न्यूनतम आवश्यकताहरूबाट पनि विस्तारै वञ्चित हुँदै गएको छ । सरकार राहत, उद्धार र कोरोना संक्रमणका सम्भावितहरूलाई द्रुत गतिमा जाँच र स्वास्थ्य सेवाबाट वञ्चित रहेका नागरिकहरूप्रति संवेदनशील नभएको मात्र होइन, पक्षपात र भेदभावपूर्ण तरिकाबाट प्रस्तुत भएकाप्रति यो बैठक सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ ।

(४) यो बैठक राजनीतिक दलहरू, नागरिक समाज र आमनेपाली दिदीबहिनी दाजुभाइहरूमा सरकारको अधिनायकवादउन्मुख कदमहरूप्रति थप चनाखो भई सरकारका लोकतन्त्रविरोधी र जनविरोधी कामहरूका विरुद्धमा सचेत र जागरुक हुन अपिल गर्दछ । 

(५) यो बैठक संघीय संसदबाहिर रहेका राजनीतिक दलहरू र नागरिक समाजसँग पनि थप अन्तरक्रिया र छलफल गर्ने । 

(६) हाल लकडाउनको अवस्थामा त्यसको सीमाभित्र रहेर सरकारको यो अलोकतान्त्रिक कदमको विरुद्धमा जनमत सिर्जनाग र्न निरन्तर क्रियाशील रहने र लकडाउनपछि सरकारको निरंकुश र जनविरोधी कदमका विरुद्ध आवश्यक कदम उठाउन बाध्य हुने ।    

प्रतिकृया दिनुहोस

नेकपामा आन्तरिक किचलो, केन्द्रीय

दसैँभत्ता नलिने नेकपा र कांग्रेसको

तीन मन्त्रीले लिए शपथ

अढाइ वर्षपछि प्रदेश नं ५ ले पायो स्थायी

कांग्रेस सांसदले गरे प्रदेश ५ को प्रदेशसभा

कांग्रेस केन्द्रीय समितिको बैठक असोज

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला