प्रधानमन्त्री ओलीको उल्टो यात्रा

प्रधानमन्त्री ओलीको उल्टो  यात्रा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीलाई समेत थाह नदिइ अध्यादेश मार्फत दल विभाजन सम्वन्धी कानुन संशोधन गरेपछि सर्वत्र सरकारको आलोचना सुरु भएको छ ।

दुई तिहाईको ऐतिहासिक सरकारले कोरोना भाइरसको सक्रमणसँग भिड्नुपर्ने बेला पार्टी विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि प्रतिपक्षी नेपाली कांग्रेसलगायत सत्तपक्षीय नेताहरूले सरकारले लोकतान्त्रिक मार्ग विराएको टिप्पणी गरेका छन् ।  सोमबार राष्ट्रपतिबाट संविधानको धारा ११४ को उपधारा १ बमोजिम  राजनीतिक दल सम्वन्धी दोस्रो संधोशन अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरिएको छ ।   

संघीय संसदको दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामै अध्यादेश आउनु गलत लोकतान्त्रिक अभ्यास भएको प्रतिपक्षी कांग्रेसले बताएको छ । विश्व कोरोना भाइरसको महामारीबाट गुज्रिरहेको अवस्थामा राजनीतिक दल सम्वन्धी कानुन फेर्ने अध्यादेश आवश्यक नरहेको कांग्रेसको ठहर छ । दल विभाजन गरेर नयाँ दल दर्ता गर्दा केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत संख्या पुर्‍याउनुपर्ने कानुनी व्यवस्था राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले गरेको छ । अध्यादेश मार्फत संशोधन गरेपछि अब केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा ४० प्रतिशत पुगे दल विभाजन गर्न र नयाँ दल दर्ता गर्न मिल्ने भएको छ ।

सरकारले अध्यदेशमार्फत लोकतन्त्रको हत्या गरेको आरोप समाजवादी पार्टीका संयोजक पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले लगाएका छन् । ‘सरकारको यस्ता क्रियाकलापले राजनीतिक संकट निम्तिने खतरा वढेको छ’डा.भट्टराईले भनेका छन् ।

त्यसो त सोमबार नै बसेका नेकपाको सचिवालय वैठकमा सरकारको निर्णयको आलोचन भएको थियो । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्णयको वचाव गरेका थिए । उनले भने,‘ प्रधानमनन्त्री ओलीले दल संशोधन सम्बन्धी अध्यदेश ल्याउनुको औचित्य स्पष्ट पारेका थिए ।’

प्रधानमन्त्री ओलीलाई पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्य ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेलले साथ दिएका थिए । सचिवालय बैठकमा ९ सदस्यमा ६ जना ओलीको पक्षमा र तीन जना नेता दाहालको पक्षमा उभिएका थिए ।  प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को नियुक्ति अड्किएको र अन्य विषयमा त्यस्तै भएकाले यसलाई ठूलो रूपमा नलिन आग्रह गर्दै सबैलाई कन्भिन्स गर्ने प्रयास गरेका थिए ।    

प्रधानमन्त्रीकै अग्रसरतामा देशलाई अस्थितरतामा लैजाने खालको कदम चाल्न राजनीतिक नैतिकता र संस्कार विपरित भएको टिप्पणी हुन थालिएको छ ।

 

 

 

प्रतिकृया दिनुहोस

नेकपामा आन्तरिक किचलो, केन्द्रीय

दसैँभत्ता नलिने नेकपा र कांग्रेसको

तीन मन्त्रीले लिए शपथ

अढाइ वर्षपछि प्रदेश नं ५ ले पायो स्थायी

कांग्रेस सांसदले गरे प्रदेश ५ को प्रदेशसभा

कांग्रेस केन्द्रीय समितिको बैठक असोज

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला