गीता हातमा राखेर कसम खान्छु,राप्रपालाई फुट्न दिन्नःकमल थापा

 गीता हातमा राखेर कसम खान्छु,राप्रपालाई फुट्न दिन्नःकमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टी कहिले नफुटने दाबी गरेका छन् । पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले ‘गीताको कसम खादै पार्टी फुट्न नदिने उद्घोष गरे’ । 

काठमाडौंको राष्ट्रियसभा गृहमा बुधबार राप्रपा र राप्रपा संयुक्तको एकता घोषणासभामा अध्यक्ष थापाले कार्यकर्तालाई आश्वस्त पार्न गाीताको कसम खाएका हुन् ।

‘‘कहिले पनि पार्टी फुटाउने छैन् । तपाईहरुलाई विश्वास नलागे यो गीता हातमा राखेर कसम खान्छु राप्रपालाई कदापी फुट्न दिने छैन्’, गीता हातमा राख्दै थापाले भने ।

उनले पार्टी एकताबाट आफु सन्तुष्ट र खुसी रहेको उल्लेख गर्दै फेरी कहिले नफुट्ने संकल्प लिएर एक भएको बताए । विगतमा पार्टी विभाजनपछि भोग्नुपरेका पीडाहरु शब्दमा बयान गर्न नसकिने थापाले उल्लेख गरे ।

अध्यक्ष थापाले पार्टी एकतापछि आफ्नो बोझ केही कम भएको समेत बताउनुभएको छ । ‘विगतमा पार्टी अध्यक्षको हैसियतमा एक्लैले बोक्नुपरेको भार अहिले साथीहरुसँग सेयर गर्ने अवशर मिलेको छ’, थापाले बताए । उनले एकता विदेशी वा स्वदेशी शक्तिको प्रभाव र दबावमा नभएको पनि स्पष्ट पारे ।  

‘यो एकता कुनै स्वदेशी विदेशी शक्तिको दबाव र प्रभावमा भएको होइन् । पार्टीलाई माया गर्ने कार्यकर्ता सहयोगी शुभचिन्तकहरुको दबाव र प्रेरणाको प्रभावले हो,’ उनले भने, ‘देशको वर्तमान अवस्थाले एकताको विन्दुमा पुग्नका लागि प्रेरित गरेको छ ।’

पार्टी एकतापछि देशले बलियो राष्ट्रवादी प्रजातन्त्रीक शक्ति र विकल्प प्राप्त गरेको उनले दाबी गरे । थापाले पार्टी एकतासँगै राजनीतिमा तेस्रो राजनीतिक र वैचारिक धारको उदय भएको बताए ।

प्रतिकृया दिनुहोस

नेकपामा आन्तरिक किचलो, केन्द्रीय

दसैँभत्ता नलिने नेकपा र कांग्रेसको

तीन मन्त्रीले लिए शपथ

अढाइ वर्षपछि प्रदेश नं ५ ले पायो स्थायी

कांग्रेस सांसदले गरे प्रदेश ५ को प्रदेशसभा

कांग्रेस केन्द्रीय समितिको बैठक असोज

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला