काठमाडाैं । संसदीय सुनुवाई विशेष समितिले चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डे को संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।
सिंहदरबारमा बुधबार बसेको समिति बैठकले पाण्डेविरुद्ध उजुरी दिन सरकारी सञ्चार माध्यममा १० दिने सूचना निकाल्न निर्देशन दिएको हो ।
समिति सभापति लक्ष्मणलाल कर्णले मन्त्रिपरिषदबाट चीनको आवासीय र उत्तर कोरिया तथा मंगोलियाको गैरआवासीय राजदूतका लागि प्रस्ताव गरिएका पाण्डेविरुद्ध उजुरी आह्वान गरिएको बताउनुभयो । समिति सदस्यहरुलाई पाण्डेको व्यक्तिगत विवरण वितरण गरिएको र गुनासो तथा सूचना संकलनका लागि उजुरी आह्वान गरिएको उहाँले बताउनुभयो ।
गत फागुन १८ गते बसेको मन्त्रिपरिषद बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेपछि पाण्डेको नाम सिफारिस भएको थियो ।
प्रकाशित २८ फाल्गुण २0७६ , बुधबार | 2020-03-11 10:43:48
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार