हेटौँडा । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा रामेश्वर फुयाँल नियुक्त भएका छन् । मंगलबार मुख्यमन्त्री डोरमणि पौडेलले उनलाई भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त गर्नुभएको हो । मन्त्री फुयाँलले बेलुकी ४.०० बजे शपथग्रहण गर्ने कार्यक्रम रहेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
यसअघि संविधानसभा सदस्यसमेत रहनुभएका फुयाँल लामो राजनीतिक यात्रापछि पहिलोपटक मन्त्री बन्न लाग्नुभएको हो । तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले वर्खास्त गरेपछि रिक्त रहेको मन्त्रालयको काम मुख्यमन्त्री पौडेल आफैँले सम्हाल्दै आउनुभएको थियो ।
वाग्मती प्रदेशका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रमुख सचेतक रहनुभएका फुयाँल गाविस अध्यक्ष, जिल्ला विकास समितिको उपसभापति, संविनसभा सदस्य, प्रदेशसभा सदस्य हुँदै मन्त्री बन्न लाग्नुभएको हो ।
प्रकाशित २९ माघ २0७६ , बुधबार | 2020-02-12 07:34:04
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार