भ्रष्टाचारीले उन्मुक्ति नपाउनेः वरिष्ठ नेता नेपाल

भ्रष्टाचारीले उन्मुक्ति नपाउनेः वरिष्ठ नेता नेपाल

विराटनगर– नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले दोषी, अपराधी र भ्रष्टाचारीले उन्मुक्ति पाउन नहुने बताएको छ। विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँगको भेटघाटमा उनले निर्दोष र निरअपराधी फस्न नहुने कुरामा जोड दिएका छन्।

पूर्वप्रधानमन्त्री नेपालले एमसिसीका विषयमा अनुचित शर्त रहन नहुने भन्दै यसका लागि छुट्टै एक कार्यदल बनेको र यसले यस विषयमा गहन अध्ययन गरिरहेको जानकारी दिएका छन्। इण्डोप्याफिक रणनीतिकै एउटा अङ्ग हो कि भन्ने भ्रमलाई कार्यदलले हटाउने भन्दै उनले एमसिसी नेपालका लागि हित भएकाले यसलाई सरकारले स्वीकृत गर्नुपर्ने धारणा राखे।

वरिष्ठ नेता नेपालले हामीसँग राम्रो सम्बन्ध राख्ने मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध बनाउन खोजेको चर्चा गर्दै संयुक्त राज्य अमेरिकाले आफ्ना जिडिपीको केही अंश अल्पविकसित राष्ट्रलाई दिनु अधिकारभित्र पर्छ भने।

उनले वैदेशिक ऋण र लगानीलाई ‘समृद्ध राष्ट्र, सुखी नेपाली’ बनाउने महान अभियानमा योजनाबद्ध ढङ्गले खर्च गर्नुपर्ने उल्लेख गर्दै सरकारले आफ्ना कमीकमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताएका छन्। वरिष्ठ नेता नेपालले सरकारले मुलुकलाई सही ढङ्गले अगाडि बढाउनुपर्ने बताउँदै नेपालको वातावरण प्रदूषण न्यूनीकरणमा प्राप्त हुने वैदेशिक सहयोगलाई उचित ढङ्गले खर्च गर्नुपर्नेमा जोड दिएका छन्। (रासस)

प्रतिकृया दिनुहोस

नेकपामा आन्तरिक किचलो, केन्द्रीय

दसैँभत्ता नलिने नेकपा र कांग्रेसको

तीन मन्त्रीले लिए शपथ

अढाइ वर्षपछि प्रदेश नं ५ ले पायो स्थायी

कांग्रेस सांसदले गरे प्रदेश ५ को प्रदेशसभा

कांग्रेस केन्द्रीय समितिको बैठक असोज

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला